दर्शकको मन जित्दै गायिका सृजना गुरुङ

काठमाडौं– गायिका सृजना गुरुङको स्वरको एउटा नयाँ गीत तथा म्युजिक भिडियोले दर्शक तथा स्रोताको मन जितिरहेको छ । ‘किन दु:ख मान्छौ…’ शीर्षकको उक्त गीतको भिडियो यूट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको हो । गीतमा गायक तथा संगीतकार बिपि वाग्लेको शब्द तथा संगीत सुन्न सकिन्छ । विष्णु अधिकारी उक्त गीतका संगीत संयोजक हुन् ।
युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
स्टाइलिस गायिकाको रुपमा चिनिएकी सृजना गुरुङ पछिल्लो समय कन्सर्टमा समेत सक्रिय भैरहेकी छिन् । अघिल्लो वर्ष ‘मेरो एल्बम’ शीर्षकको डेब्यू एल्बम सार्वजनिक गरेकी सृजनाले यसअघि सार्वजनिक गरेको ‘खुशी छ यो मन…’ गीतको म्युजिक भिडियो पनि दर्शकमाझ लोकप्रिय भैसकेको छ । मेरो एल्बमका गीतहरुमार्फत सृजनाले पप गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास जारी राखेकी छिन् । ‘मेरो एल्बम’ मा किन दु:ख मान्छौ तथा खुशी छ यो मनसहित फरिया र गुन्यूचोली, न रुन समाय पाएँ, वैंस मेरो फूलेका, राजकुमार जिन्दगीको, तिम्रो कोमल आँखाको शीर्षकका गीतहरु समावेश छन् ।
यस्तो छ किन दु:ख मान्छौं गीतको म्युजिक भिडियो
https://youtu.be/B3C7m1aE_nY
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...