सिड्निमा भब्य तीज मेला हुंदै , थुप्रै कलाकारको साथमा निशुल्क: प्रवेश 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५
मायालु ईन्टरटेन्टमेन्टस अष्ट्रेलियाको आयोजनामा आगामि अगष्ट ११ तारिखका दिन सिड्निको अलावा पार्क ( Kempt Field Park, 75 Durrham Street , Hurstville)  मा भब्य तीज मेला आयोजना हुने भएको छ ।  कार्यक्रममा चर्चित कलाकार तथा सभासद कोमल वलिका साथमा खुमन अधिकारि , शान्ति श्री परियार र तेशस रेग्मिको  लागायत अन्य थुप्रै कलाकारको प्रस्तुति रहने छ । कार्यक्रम बिहान ११ बजेदेखि सांझ ६ बजेसम्म चल्ने छ । बिभिन्न खाना एबं ब्यबसायका स्टल, वालवालिकाहरुको लागि खेलौना साथै नेपालको मेलाको झल्को दिने अन्य थुप्रै आकर्षण कार्यक्रमा रहने आयोजकले बताएका छन्।
गत बर्ष रकडेल पार्कमा आयोजना भएको तीज मेला यो बर्ष चाहिं Allawah Park , Hurstville मा गर्न लागिएको हो । निरन्तर र लामो प्रयास पछि कार्यक्रम निशुल्क: गराउन सफल भएको कार्यक्रम आयोजक मायालु ईन्टरटेन्टमेन्टसका तर्फ बाट बिष्णु सापकोटाले जानकारी दिए । यस सम्बन्धि थप जानकारिको लागि  0406780468 मा बिष्णु सापकोटालाई सम्पर्क गर्न अनुरोध गरिएको छ।