‘सप्तपरी’ को पोस्टर रिलिज 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ २०, २०७५
नेपीन्डो फ्यूजन ग्रुपले गर्न लागेको एक फरक खाले प्रस्तुति  ‘सप्तपरी’ को तयारी स्वरुप हालै समुदायका अग्रज र पत्रकारहरु बीच सप्तापरीको पोस्टर रिलिज भएको छ । नेपाली कला संस्कृतिलाई अष्ट्रेलियाको नेपालि समुदायमा र बहुसांस्कृतिक समुदायमा चिनाउन अहं भूमिका खेल्दै आएको नेपीन्डो फ्यूजन ग्रुपले यस पटक भने कला संस्कृति र आफ्नो प्रतिभाले देश विदेशका नेपाली बीच लोकप्रिय बनेका सात जान महिला सेलिब्रेटीहरु लाई एउटै मंचमा उतार्दैछ । जसमा नायिकाहरू स्वस्तीमा खड्का, वर्षा राउत, बेनिसा हमाल, एलिसा राई, गायिका रजनी रिमाल, मिस नेपाल २०१७ निकिता चान्डक र उत्प्रेरक श्रृष्टी केसी रहेको जनाईएको छ।
पोस्टर रिलिज समारोहमा बोल्दै आयोजकको तर्फबाट उषा बरियाले सप्तपरी बिल्कुलै भिन्न कार्यक्रम रहेको यसले नेपालमा रहेर हर नेपालीको मन जित्न सफल नेपाली चेलीहरु मध्ये सात जनालाई अष्ट्रेलियाको एउटै मंचमा उनीहरुको प्रतिभा चिन्ने, जान्ने मौका मिल्ने र नेपाली पहिचान र पहिरनलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा चिनाउन यो कार्यक्रमको मुख्य उदेश्य रहेको बताइन्।   त्यस्तै यो अरु धेरै दिदि बैनीको लागि पेरणाको श्रोत बन्ने पनि बरियाले बताइन । बारियाका अनुसार यो कार्यक्रम सुबिधा सम्पन्न र सिड्नीको मुटुमा रहेको टाउन हलमा हुने भएका कारण पनि नेपाली समुदायका लागि बिल्कुल नयाँ अनुभब र एतिहासिक हुने बताइन । कार्यक्रममा कला संस्कृतिलाई माया गर्ने बिभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो भने उपस्थिति सबैले महिला शसक्तिकरण सहित आयोजना गर्न लागिएको यस कार्यक्रमको सफलताको कामना गर्दै  सहयोगको प्रतिबद्दता व्यक्त गरेका थिए। सप्तपरि कार्यक्रम जुलाई २८ साँझ ६ बजे देखि सिड्नी टाउन हलमा हुदैछ भने  कार्यक्रमबाट उठेको रकमको केही अंश नेपालमा महिला तथा बालअधिकारमा कार्यरत संस्थाहरु लाई सहयोग गरिने जनाकारी गराइएको छ ।
आयोजक समितिका सदस्य अनिल पोखरेलले सञ्चालन गरेको यस पोस्टर रिलिज कार्यक्रममा नेपाली समाजकी अगुवा एबम एनआरएनएकी संस्थापक इन्द्रा वन, नारी निकुन्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक प्रतीज्ञा अधिकारी, एनएसडब्लु संयोजक सन्ध्या शाह, अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रीय अध्यक्ष दिनेश पोखरेल, एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारी एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूङ, सचिव देव गुरूङ, कोषाध्यक्ष अच्यूत थपलिया, आइसीसी सदस्य जानकी पौडेल, एनआरएन ओसेनियाका पुर्ब संयोजक बिष्णु हमाल, मिस नेपाल २००४ पायल शाक्य, एनआरएनका पूर्व युवा संयोजक विजय पोखरेल, नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल, ओएनएफका अध्यक्ष रमेश पाण्डे लागएतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।