जोशी प्रधानन्यायाधिश बन्ने पक्का

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ–संवैधानिक परिषदको बैठकले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । हिजो मंगलबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले जोशीलार्इ प्रधानन्याधीशमा सिफारिस गरेको हो ।
बैठकपछि परिषद्को सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले तीन जनाको नाम मध्येबाट जोशीको नाम सिफारिस भएको जानकारी दिए ।
प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो । नियमावली पारितपछि परिषद बसेको हो ।
चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायलय नेतृत्वविहीन छ ।