काठमाडौंसम्म चिनियाँ रेल आउने पक्का

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

बेइजिङ– नेपाल तथा चीनबीच हिजो बिहिबार चीनको केरुङहुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण सहित अन्य परियोजनामा चिनियाँ सहयोग सम्बन्धी विषयमा सम्झौता भएको छ । नेपाल र चीनबीच द्विपक्षीय सम्झौता भएपछि चर्चामा रहेको केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग जोडिने आधार निश्चित भएको हो ।
चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ समकक्षी ली खछ्याङ्ग नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तामा रेलमार्ग सहित अन्य पूर्वाधार निर्माणबारेको सम्झौता भएको हो ।
विद्युतीय कार्गो रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उहाँका चिनियाँ समकक्षी ली सियोपिङले हस्ताक्षर गर्नु भएको हो ।
प्रधानमन्त्री ओली र उहाँका समकक्षी लिको उपस्थितीमा चिनियाँ ग्रेट हल अफ द पिपलमा आयोजित विशेष कार्यक्रममा दुबै मुलुक वीच यस्तो सहमति भएको हो । यस्तो सम्झौतासँगै तिब्बतको सिगात्सेसम्म आएको विद्युतीय र कार्गो रेलमार्ग नेपाल जोड्न आगामी दुई महिनाभित्र पूर्व संभाव्यता अध्ययन र डेढ वषभित्रैमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार हुने बताइएको छ । रेलमार्ग निर्माणकार्य शुरु भएको ५ वर्षभित्रमा चिनियाँ रेल काठमाडौं जोडिने लक्ष्य लिइएको छ ।
३ वर्ष अघिको भूकम्प र त्यस लगत्तैको वर्षाले पूर्ण रुपमा अवरुद्ध रहेको तातोपानी नाका पुन सुचारु गर्न चीनले तातोपानी सहित अर्को महत्वपूर्ण नाका रसुवागढीमा मितेरी पुल निर्माण गर्ने भएको छ । दुबै मैत्री पुल निर्माण सम्झौतामा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ उप–विदेशमन्त्री कङबीच हस्ताक्षर भएको हो ।
राष्ट्रिय योजना आयोग र चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको बताइएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले यसबारेको सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।
भूकम्पपछिको पुन निर्माणमा चासो लिदै आएको चीनले नुवाकोट दरबार पुन निर्माणसँगै रसुवा, दोलखा, सिन्धुपाल्चोकका सरकारी विद्यालय भवन पुन निर्माण र सुदृढिकरणमा सहयोग गर्नेबारेमा पनि सम्झौता भएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले सम्मान गारथ ९गार्ड अफ अनर० प्रदान गरेको छ । ग्रेट हल अफ पिपलमा आयोजित उक्त सम्मानमा ओलीका समकक्षी ली समेत उपस्थित हुनुहुन्थ्यो । ओलीले विहीवार चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसु सहित अन्य नेतासँग राजनैतिक भेटवार्ता गर्नु भएको थियो ।