लघु वित्तीय कर्जा पर्वाहका लागि सपोर्ट फाइनान्स

लघु वित्तीय कर्जा पर्वाह गर्ने उद्देश्यले अष्ट्रेलियामा सपोर्ट फाइनान्स कम्पनिको स्थापना भएको छ । अष्ट्रेलियामा नेपालीहरु को उधमशिलता बढ्ने क्रम संगै विभिन्न क्षेत्रका सेवामुलक व्यापार व्यवसायहरु सुरुवात संचालित छन् । लघुवित्तीय कर्जाका लागि भने नेपाली स्वमित्वमा यो पहिलो फाइनान्स कम्पनी हो ।
व्यवसायको उद्घाटन यहि जुन २२ तारिक शुक्रबारको दिन अष्ट्रेलियाका लागि नेपाली कन्सुलेट जनरल दिपक खड्काले गर्नु भएको हो । कम्पनिको सिड्नी स्थित Rockdale मा एक समारोहको बीच उद्घाटन गरिएको उक्त कार्यक्रममा सिड्नी का समाजसेवी, व्यवसायी तथा संचारकर्मीहरु को उपस्थिति थियो ।
सो कार्यक्रमका प्रमुख अथिति खड्काले नेपालीहरुको यस् प्रकारको नयाँ व्यवसायको सुरुवातहुनु अत्यन्त समय सान्दर्भिक भयको बताउदै यस् फाइनान्स कम्पनीबाट भबिस्यमा धेरै नेपाली कम्युनिटिको साथ साथै अन्य धेरै अन्य कम्युनिटिहरु लाई लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा सपोर्ट फाइनान्सका निर्देशक महेश पन्तले उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै कम्पनिका भाबी योजनाहरुको बारेमा प्रकास परेका थिए । अर्का निर्देशक कल्याण कंडेलले कम्पनिको कार्य योजना लगाएत ग्राहकहरु ले पाउने सेवा र कम्पनिबाट कसरि अधिकतम लाभान्वित सक्ने छन् भन्ने बारे प्रकाश पारे ।
सपोर्ट फाइनान्स का अर्का निर्देशक सागर कोइरालाले कम्पनिको फाइनान्स तथा कानुनी व्यवस्था सम्बन्धि जानकारी र सो कम्पनि अष्ट्रेलियान कानुनी दायरा भित्र रहेर संचालन हुने हुँदा ग्राहकहरुले निश्चिन्त तथा सुरक्षीत् रुपमा कम्पनिको सेवा लिन सक्ने जानकारी दिए ।
Support Finance सम्बन्धित क्षेत्रका अनुभवी व्यवसायी दारा संचालित एउटा सेवा मूलक व्यवसाय हो । जसमा महेश पन्त पेसाले फ़ाइनन्सियल एडभाईजर हुनुका साथै बर्सौ देखि बेन्किंग क्षेत्रमा उनको अनुभव छ । साथै अर्का निर्नेशक कल्याण कंडेल लामो समय देखि अष्ट्रेलियन रियलस्टेटमा आवद्ध छन् भने सागर कोइराला पेसाले चाटर्ड एकाउनटेन्ट हुनुका साथै विभिन्न व्यवसायहरुको फाइनान्सियल परामर्स दाताको रुपमा बर्सौदेखि सेवा पुराउदै आएका छन् ।
Support Finance ले मुख्य रुपमा छोटो अवधिका लागि आफ्ना ग्राहकहरुलाई सहुलेत रुपमा ऋण सेवा प्रदान गर्ने छ । जस् अन्तर्गत अष्ट्रेलियामा रहेका बिध्यार्थी, साना उधमीहरु तथा अष्ट्रेलियामा स्थाई तथा अस्थाईरुपमा बसो बास गर्दै आएका व्यक्तिहरुलाई ऋण सेवा प्रदान गर्ने छ ।
ग्राहकहरुको सुबिधाको लागि Support Finance ले हाललाइ सिड्नीको Rockdale / Campsie / Parramatta and Seven Hills क्षेत्रहरु बाट सेवा सुबिधाहरु प्रदान गर्ने जानकारी सपोर्ट फाइनान्सका तर्फबाट चिन्तन ढुंगेलले नेपाली टाइम्सलाइ जानकारी दिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



