स्पेशल ओलम्पिक नेपाको राष्टिय खेलकुद प्रतियोगिता

काठमाडौं- भोलि शुक्रवार तथा शनिवार स्पेशल ओलम्पिक नेपा ले काठमाडौंमा आयोजना गर्न लागेको विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरुको राष्टिय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्या पारेर बुधवार खेलाडीहरुको स्वास्थ परिक्षण गरिएको छ । खेलकुद प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सञ्चालन हुनेछ ।
स्पेशल ओलम्पिक नेपाले विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ्य र क्रियाशील बनाउने काम गर्दै आएको छ । नेपाले खेलकुदको विभिन्न विधामा देशका विभिन्न स्थानमा जिल्ला, क्षेत्रीय तथा राटष्यि स्तरका प्रतियोगिताहरु सञ्चालन गर्दै आइरहेको छ। सोही क्रममा विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरुका लागि शुक्रवार तथा शनिवार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
उक्त खेलकुद प्रतियोगिता सञ्चालन हुनुभन्दा दुई दिनअघि बुधवार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजमा आयोजित स्वास्थ परिक्षण कार्यक्रममा राष्टिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने देशभरीका दुई सय विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरु (खेलाडीहरु) सहित करिव ४ सय जनाको स्वास्थ परिक्षण गरिएको हो ।
स्पेशल ओलम्पिक नेपाकी प्रोग्राम मेनेजर डा. नम्रता भट्टका अनुसार बुधवार सबै प्रतियोगिहरुको हेल्थ स्क्रिनिङ गरियो । भिन्दा-भिन्दै स्कुलहरुबाट आएका विकासात्मक बौद्धिक अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो भने कति अविभावकहरुले आफ्ना सन्तानलाई आफै लिएर पनि आएका थिए । ‘हेल्दि स्माइल, ओपनिङ आइज र हेल्थ प्रमोशन’ को मुल नाराका साथ गरिएको यो कार्यक्रममा आखा र दातको परिक्षण गरिएको थियो । कार्यक्रममा आएका सबैलाई सनग्लासको साथै गुडी ब्याग समेत प्रदान गरिएको थियो ।
यसअघि स्पेशल ओलम्पिक्स नेपाले दुई वटा क्षेत्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । गत वैशाख १३ गते विराटनगर तथा जेठ ५ गते पोखरामा सञ्चालित प्रतियोगितामका विजेताले समेत काठमाडौमा शुक्रवार तथा शनिवार आयोजना हुने प्रतियोगिताम सहभागिता जनाउने छन् । प्रतियोगिताका विजेताले आबुधाबीमा आयोजना हुने स्पेशल ओलम्पिक्स वल्र्ड गेम्समा नेपालको प्रतिनिधित्व गर्नेछन् । बुधवारको हेल्दी एथ्लेट कार्यक्रमलाई विभिन्न राष्टिय तथा अन्तर्राष्टिय प्रायोजकहरुले प्रायोजन गरेका थिए । लायन्स इन्टरनेशनल, गालिसानो फाउण्डेसन, सफिलोगु, कान्तिपुर डेन्टल कलेज, गोर्खा एस्थेकि, नेप्लीज फेसन होम, एमआर वंशल गु्रप आदिले प्रायोजना गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



