उपचारपछि आज फर्कँदै अम्बर गुरुङ

काठमाडौं— नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ भारतमा सफल उपचारपछि आज बुधवार स्वदेश फर्किँदै छन् । लामो समयदेखि भारतमा उपचाररत वरिष्ठ संगीतकार गुरुङ आफ्नो स्वास्थमा सुधार आएपछि स्वदेश फर्किन लागेका हुन् ।
७८ वर्षीय गुरुङ भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेका हुन् । गुरुङ करिव दुई महिनाअघि उक्त अस्पतालमा भर्ना भएका थिए ।
मेदान्तको उपचारपछि गुरुङको स्वास्थ्य सामान्य स्थितिमा आएको हालै त्यहाँ पुगेर आएकी संगीतकर्मी रतन चन्दले बताएका छन् । चन्दका अनुसार संगीतकार गुरुङको स्वास्थ्यमा सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भनेकाले उनी स्वदेश फर्किन लागेका हुन् ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उनीद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि काठमाडौंकै ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...