उपचारपछि आज फर्कँदै अम्बर गुरुङ
काठमाडौं— नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ भारतमा सफल उपचारपछि आज बुधवार स्वदेश फर्किँदै छन् । लामो समयदेखि भारतमा उपचाररत वरिष्ठ संगीतकार गुरुङ आफ्नो स्वास्थमा सुधार आएपछि स्वदेश फर्किन लागेका हुन् ।
७८ वर्षीय गुरुङ भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेका हुन् । गुरुङ करिव दुई महिनाअघि उक्त अस्पतालमा भर्ना भएका थिए ।
मेदान्तको उपचारपछि गुरुङको स्वास्थ्य सामान्य स्थितिमा आएको हालै त्यहाँ पुगेर आएकी संगीतकर्मी रतन चन्दले बताएका छन् । चन्दका अनुसार संगीतकार गुरुङको स्वास्थ्यमा सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भनेकाले उनी स्वदेश फर्किन लागेका हुन् ।
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उनीद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि काठमाडौंकै ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...