अनसन तोडे पनि अस्पतालमै

काठमाडौं– छोराको हत्यारालाई कारबाहीको माग गर्दै आउनु भएकी गंगामायाको अनसन शुक्रबारबाट तोडिएको छ । उनी वीर अस्पतालमा अनसनमा बसेकी थिइन् ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।
पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै गंगामायाले र सरकारले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउन त्यसको अनुगमन गरी प्रतिवेदन बनाउने पनि पत्रमा उल्लेख छ ।
कानुनमन्त्री तामाङले गंगामायाको अनशन तोडिएको र गंगामायाले यसअघि गरिएका सहमति पालना गर्न सरकारलाई आग्रह गरेको बताए ।
‘विगतका सहमति पालना नभए फेरि पनि अनसन बस्छु भन्नुभएको छ, सरकार यसबारे गम्भीर छ’( तामाङको भनाइ छ ।
हत्या आरोपमा संलग्न भएका भनिएका छविलाल पौडेल सर्वोच्च अदालतमा आइतबार उपस्थित भएपछि डिल्लीबजार कारागार पठाइएको छ । पौडेलसँगै आरोपित अन्य अदालत उपस्थित भए पनि पौडेल भने यस अघि अदालतमा उपस्थित भएका थिएनन् ।
गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आउनुभएका र उनको जीवनरक्षाका लागि आवाज उठाउदै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामाया अनशन तोडे पनि अस्पतालमै रहेको र उनको बसोबासको लागि सरकारले व्यवस्था गरि दिनु पर्ने बताए ।
‘उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन, सरकारले ध्यान दिनुपर्छ’, अर्यालका अनुसार सहमति गरेका बुँदा पुरानै हुन्, सरकारले पूरा गर्न चासो दिनुको विकल्प छैन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...