अन्ततः डा. केसीले तोडे अनसन
डा. केसीका अधिकांश माग पूरा गर्ने लिखित सम्झौता

काठमाडौं– सरकारसँगको सहमतिपछि डा.गोविन्द केसीले २७ दिन लामो अनशन तोडेका छन् । डा.केसीलाई प्राध्यापक केदारभक्त माथेमा र नेकपा नेता सुवास नेम्वाङले जुस खुवाएर अनशन तोडाएका छन् । डा. केसीका अधिकांश माग पूरा गर्ने लिखित सम्झौतापछि उनले अनशन तोडेका हुन् ।
सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयकमा डा. केसीका तर्फबाट संशोधनका लागि माग भएका २२ वटा बुँदामा संसदीय प्रक्रिया अनुसार संशोधन गर्न सहमति गरेको छ ।
यसअघि अन्य विषयमा सहमति भए पनि काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने विषयमा सहमति हुन नसक्दा वार्ता लम्बिएको थियो ।
अहिले भएको सहमति अनुसार संसदबाट विधेयक पारित हुने हो भने अबको १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खुल्ने छैनन् ।
आशयपत्र पाइसकेकाको हकमा सरकारले त्यस्ता प्रस्तावित कलेजको सम्पत्ति खरिद गर्ने वा उपत्यका बाहिर सञ्चालनका लागि प्रोत्साहन सुविधा उपलब्ध गराउने सहमति भएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...