कर्ण दासको अस्ट्रेलिया सांगेतिक यात्रा
बिलकुल भिन्न स्वर र प्रस्तुति सहित नेपाली सांगेतिक फाँटमा एउटा फरक पहिचान बनाउन सफल गायक कर्ण दासको बहुप्रतिक्षित अस्ट्रेलिया यात्रा अब नजिकिदै छ । सिल्भर स्क्रिन, जेनेरेशन मिडिया र द टिमले कर्ण दासको यो यात्राको संयोजन गर्दैछन, गायक कर्ण दास सहितको टोली नयाँ बर्षको अवसर परेर सिड्नी मेलबर्न र एडेलेडका दर्शकहरुको माझ प्रस्तुत हुनेछन । अप्रिलको २२ तारिख सिड्नीबाट शुरु हुने यो सांगेतिक यात्रा मेलवर्न, पर्थ, एडिलेड र ब्रिसवेन सम्म पुग्ने छ ।
उच्च प्रविधिको लाइट, साउण्ड र सिटिङ सुविधा रहेको अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल पारामाटा रिभरसाईड थिएटरमा हुन लागेको सिड्नीको कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको छ । ब्यबसायिक भन्दा पनि कलाकारहरुलाई इज्जत दिने उद्देश्यका साथ आफुहरुले अन्तराष्ट्रिय स्तरको कार्यक्रम स्थल चुनेको र यसबाट उठेको रकमको केहि रकम असाहय बालबालिकाहरुको शिक्षामा काम गर्दै आइरहेको संस्था वि-टिम मार्फत खर्च गरिने पनि आयोजकले बताएको छ । एतिहासिक यस कार्यक्रममा सहभागी हुने अवसर नगुमाउन आयोजकले नेपाली संगीतका पारखीहरुलाई अनुरोध गरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...