दरबार हाइ स्कूलको पूनर्निमाण प्रारम्भ

काठमाडौं– भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय दरबार हाई स्कुलको पुनर्निर्माणको काम सुरु गरिएको छ । चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको उक्त विद्यालयको शुक्रवार एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनिया राजदूत यु होङले संयुक्त रूपमा सिलन्यास गर्नुभएको हो ।
भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो ।
विद्यालय पुनर्निर्माण कार्यको सिलन्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्ग चित्र सार्वजनिक गरेको र त्यसमा सम्पुर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबारहाईस्कुल पनि सम्पुर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफूले लिएको बताउनुभयो ।
चीन सरकार आफैले छानेको निर्माण व्यवसायीद्धारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...