नारी निकुञ्जको परोपकारी तीज महोत्सव आउँदो शनिबार 

सम्पूर्ण तयारी पुरा
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, साउन २१, २०७५
एनआरएनए वुमन फोरम नारी निकुञ्ज अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयो जनामा आउदो शनिबार (अगष्ट ११ मा ) सिड्नीमा “तीज महोत्सब २०१८” हुदैछ । नेपाली हिन्दू महिलाहरूको महान पर्ब हरितालिका तीजको अवसर पारेर हरेक बर्ष झै यो बर्ष पनि आफ्ना संस्कृतिको जर्गेना गर्दै र परोपकारितालाई संग-संगै लग्दै यो कार्यक्रमको आयोजना गरिएको नारी निकुञ्ज  एनएसडब्लु राज्य समिति संयोजक सन्धा शाहले बताइन् । उनका अनुसार कार्यक्रमबाट संकलित रकम बिबिध परोपकारिमा खर्च गरिनेछ । महिला दिदीवहिनीहरू को मात्र उपस्थिति रहने यस कार्यक्रम सिड्नीको क्याम्सीमा रहेको ओरिअन फङसन से न्टरमा साँझ ५ः३० देखी राति  १०ः३० बजे सम्म चल्नेछ । नेपालवाट आएकी चर्चित गायिका मान्डवी त्रिपाठीको बिशेष प्रस्तुति रहने महोत्सबमा कार्यक्रम प्रवेश शुल्क दर २० डलर रहेको छ भने पाँच वर्ष देखि १२ वर्षसम्मका लागि १० डलर प्रवेश शुल्क रहेको छ । कार्यक्रमको सबै तयारी पुरा भइ सकेको र कार्यक्रमको टिकट पनि लगभग लगभग बिक्रि भईसकेको सन्ध्या शाहले जनाकारी दिएकी छन्।
विगत लामो समयदे खि तीज पर्वलाई परोपकारिता संग जोड्दै नारी निकुञ्ज अष्ट्रेलियाले विभिन्न परोपकारी कार्यहरू गर्दै आई रहेको छ । जस अनुसार यस कार्यक्रमबाट उठेको रकम पनि निकुञ्जले विगतमा गर्दै  आईरहेको पाठेघर खस्ने रोगबाट पीडित महिलाहरू लाई निःशुल्क उपचारमा खर्च गरिने संस्थाले जनाएको छ । त्यसै गर नारी निकुञ्जले नेपालमा गरीबी र अशिक्षित महिलाहरू लाई कसरी आत्मनिर्भर गर्न सकिन्छ र उनीहरूको दैनिक जीबनमा आउने आर्थिक संकटमा टेवा दिन सकिन्छ भन्ने उदेश्यले बिगतमा गर्दै आइरहेको सीपमूलक तालिम, कृषि तालिम लगायतका कार्यक्रमहरू लाई निरन्तरता दिनेछ। स्थानीय महिला दिदीवहिनीहरू को विविध प्रस्तुतिका साथमा मिठो स्वरकी धनि मान्डवी त्रिपाठी संग नाच्न गाउन सबै दिदीवहिनीहरू लाई नारी निकुञ्जले आमन्त्रण गरेकोछ । कार्यक्रम सम्वन्धी थप जानकारीका लागि सन्ध्या शाह ०४१४ ७४३ ६२६, मोनी लिम्बु ०४०२ १२८ ४०५, प्रतिज्ञा अधिकारी ०४३३५९७ १६४, प्रच्ना ०४०३ ४२५ ३३७ लाई सम्पर्क गर्न अनुरोध  गरिएको छ ।