ठमेलमा साइकल लेन निर्माण हुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यटकीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।
कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । ‘काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,’ प्रमुख थापाले भन्नुभयो ।
चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि रु एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा निर्माण उक्त कार्य बजेटले भ्याएसम्म अन्य स्थानमा पनि निर्माण गर्ने योजना कामपाको रहेको छ ।
अघिल्लो वर्ष नै कामपाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी ठमेलका खाल्डाखुल्डीको समस्या पनि त्यत्तिकै नै छ । खाल्डाखुल्डीको कारणले गर्दा वर्षाको समयमा हिलो र हिउँदको समयमा धूलोको सामना गर्न ठमेलमा आवतजावत गर्ने यात्रुको बाध्यता हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...