थापाले सम्हाले सेनाको नेतृत्व

काठमाडौं– नेपाली सेनाको प्रधान सेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्री अनिर्वाय अवकासमा जानु एक महिनाअघि नै बिदामा बस्ने सैनिक परम्परा अनुसार हिजो बिहीबारदेखि बिदामा बस्नु भएपछि कामु प्रधान सेनापतिको जिम्मेवारी थापाले पाएका हुन् ।
प्रधानसेनापति क्षत्रीले बिहीबार नै एक कार्यक्रमको आयोजना गरेर प्रधानसेनापतिको जिम्मेवारी थापालाई हस्तान्तरण गरेका हुन् । यसअघि बसेको मन्त्रिपरिषदको बैठकले बिहीबारदेखि कामु प्रधानसेनापतिको जिम्मेवारी थापालाई दिने निर्णय गरेको थियो ।
नेपाली सेनाभित्र अब्बल सेनाका अधिकृतको रुपमा चिनिएका थापा संयुक्त राष्ट्र संघको अनुरोधमा सिरियाको गोलानहाइटमा फोर्स कमाण्डरको रुपमा समेत कार्यरत थिए । २०३६ सालदेखि सहायक सेनानीबाट नेपाल सेनामा प्रवेश गर्नु भएका थापाले कमाण्ड एण्ड स्टाफ कलेज नेपालबाटै गरेका थिए भने भारतबाट नेशनल डिफेन्स कोर्षको तालिम पुरा गरेका थिए । ।
त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक थापाले भारतको मद्रास विश्वविद्यालयबाट डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...