भविन र होम वर्षिए आज…

काठमाडौं— गायक भविन ढुंगाना र गीतकार होमनाथ न्यौपानेको एल्बम ‘होराइजन’ को शीर्षक गीत ‘वर्षियो आज मन मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वर्षा ऋतुमा गाइने मलहार रागमा आधारित यो गीतमा आधुनिक, शास्त्रीय तथा पप विधाको एउटा आकर्षक फ्युजन सुन्न सकिन्छ । यो गीतमा प्रवेश मल्लिकको संगीत तथा रञ्जन झाको संगीत संयोजन सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा चकलेटी अभिनेता आर्यन सिग्देल र प्रतिभावान अभिनेत्री रीमा विश्वकर्माको केमेष्ट्रि हेर्न लायक देखिन्छ । लक्ष्मण पौडेलद्वारा निर्देशित यो भिडियोका छायांकार अर्जुन तिवारी हुन् ।
गायक ढुंगाना शास्त्रीय गायनमा दिल्ली विश्वविद्यालयका गोल्ड मेडलिस्ट ग्राजुएट हुन् भने गीतकार न्यौपाने विगत एक दशकदेखि गीत लेखनमा सक्रिय छन् । गीतकार न्यौपानेका दुईवटा गीति एल्बम ‘चेतना’ तथा ‘हिमालको चन्द्र’ यसअघि नै बजारमा आईसकेका छन् भने गायक ढुंगानाको यो पहिलो गीति एल्बम हो ।
भिडियोको लिंक :
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...