जबरजस्ती तस्बिर खिच्दा पनि कैद हुने व्यवस्था

काठमाडौं– भदौ १ गते (अगष्ट १७) देखि नेपालमा कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्बिर खिच्नेलाई १ वर्ष सम्म कैद हुने नयाँ व्यवस्था गरिएको छ ।
अनुमतिविना कुनै व्यक्तिको तस्बिर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्बिर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ ।
मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्बिर खिच्न नपाइने व्यवस्था गरिएको छ । अनुमतिविना कुनै व्यक्तिको तस्बिर खिच्न र निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्बिर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानुनमा अनुमतिविना तस्बिर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।
अनुमतिविना एक व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागमा जोडेर अर्को तस्वीर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ । कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्बिर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।
ऐनमा कुनै व्यक्तिको तस्बिर अनुमतिविना अरुलाई दिन वा बिक्री गर्न पनि नपाउने व्यवस्था गरेको छ । कानुनमा कुनै व्यक्तिको तस्बिर लिएर निजलाई सताउने, अनुचित फाइदा लिने जस्ता कार्य गर्न पनि रोक लगाएको छ । यसो गरेमा तीन वर्ष कैद वा ३० हजार रुपियाँ जरिवाना वा दुवै सजायको ब्यवस्था गरिएको छ ।
नयाँ कानुन अनुसार घर धनीको स्वीकृतविना अनधिकृत रुपमा प्रवेश गर्न, घर धनी वा निजको परिवारको गोप्यता भङ्ग गर्न वा त्यस घरको खानतलासी गर्न वा गराउन नपाइने ब्यवस्था गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...