चीनलाई थप एक जोडी गैंडा

काठमाडौं– छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा काठमाडौं ल्याइएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई हिजो साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिएका छन् । जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई भोलि बिहिबार चीन पठाउने कार्यक्रम तय भएको छ ।
सूचना अधिकारी अर्यालका अनुसार गैंडा छोड्न चितवनबाट प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, १० जना सुरक्षाकर्मी, केयर टेकर ३ जना, भेटेनरी सहायक १ जना गैंडासँगै काठमाडौं गएका छन् ।
गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यात सम्बन्धी प्रमाणपत्रलगायतका सबै कानुनी प्रक्रिया पुरा भईसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो ।
‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्दार गरी ल्याएर सौराहामा राखिएको थियो । नेपाल सरकारले यसअघि एक जोडी ‘भद्र’ र ‘रुपसी’लाइ चीन पठाई सकेको छ । सो गैँडालाई चीनको ग्वान्झाओस्थित चिमे लाङग पार्कमा राखिएको छ भने अहिले पठाउन लागिएको सोल्टी र मितिनीलाई चीनको सांघाई चिडियाखानामा राखिने जनाइएको छ ।
दुर्लभ एक सिंगे गैडाका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात मानिन्छ । पछिल्लो गणना अनुसार नेपालमा ६४५ एकसिंगे गैंडा रहेका छन् भने ती मध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...