सरकारले भारत र युरोपेली युनियन (इयु) का राजदूतसँग स्पष्टीकरण लिने

भारत र युरोपेली युनियनका संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै सरकारले त्यसबारे भारत र युरोपेली युनियन (इयु) का राजदूतसँग स्पष्टीकरण लिने भएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत र युरोपेली युनियनले नेपालको सार्वभौभसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रष्टीकरण लिने निर्णय गरेको जानकारी दिएको छ ।
उनले भने ‘परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रस्टीकरण लिने निर्णय भएको छ,’।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले युरोपेली युनियन (इयु) र भारतले बुधवार संयुक्तरुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी जारी गरेको विज्ञप्तिको बचाउ गरेका छन्।
लैनचौरस्थित भारतीय दूतावासमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त विज्ञप्तिमा ‘मात्र नेपालको मन्त्रिपरिषदले पुसमा गरेको निर्णयलाई उल्लेख’ गरेको बताए।
‘नेपाललाई यो विषय किन ठूलो लागिरहेको छ, त्यो मैले बुझ्न सकेको छैन, विज्ञप्तिमा त केबल नेपाल सरकारले गरेको निर्णयलाई पुनरार्वत्ति गरिएको मात्र हो,’राजदूत रेले पुस ७ गते मन्त्रिपरिषदले मधेसकेन्द्रीत दलका माग सम्बोधन गर्न गरेका निर्णय स्मरण गर्दै भने।
उनले थप स्पष्ट पारे,‘प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सबै असमझदारी हटेको बताइसक्नु भएको छ तर अचानक अहिले यो क्रोधित प्रतिक्रिया आएको छ। यसको कारण के हो? हामी एकदम चकित परेका छौं।’
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...