२५ दिनपछि बलात्कारी हत्यारा सार्वजनिक

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कञ्चनपुर भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कारपछि भएको हत्याको आरोपमा स्थानीय दीलिपसिंह विष्टलाई पक्राउ गरेको छ । २५ दिनअघि साथीको घरमा पढ्न गएकी निर्मला फर्किँदा उनी चढेको साइकल बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार बलात्कारको प्रतिकारमा निर्मलाले चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या गरेको खुलेको छ ।
निर्मलाको शव भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्वउत्तर तर्फको उखुबारीमा फेला परेको थियो । ब्यूरोले करिव साढे दुईदेखि तीन बजेको बीचमा बलात्कार र हत्याको घटना भएको निष्कर्ष निकालेको छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार कुनै प्रतिशोध वा रिसिइबीले भन्दा पनि यौन भोक शान्त पार्न नै दीलिपले बलात्कार गरेको र पछि हत्या गरेको देखिन्छ ।
ब्यूरोले दीलिपलाई जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको अनुसार कर्तब्य ज्यान मुद्धामा ९ वर्ष जेल सजाय भुक्तान गरी निस्केका दीलिप मानसिक रुपमा ठिकै भएपनि सन्की व्यवहारका थिए । २०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायण सिंह थापाको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका दीलिप २०७४ जेठमा मात्रै कैद सजाय पुरा गरेर छुटेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...