तामाङ सोसाइटी अफ एनएसडब्लुले पिकनिक तथा विद्यार्थी अभिनन्दन कार्यक्रम गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
तामाङ सोसाइटी अफ एनएसडब्लुले संस्थाको वार्षिक कार्यक्रम स्वरुप पारिवारिक तथा सामुदायिक भेट्घाट सहितको  पिकनिक कार्यक्रम आयोजना गर्दैछ उक्त कार्यक्रममा हालसालै बिभिन्न बिश्व बिद्यालयबाट बिभिन्न बिषयमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई र नब आगन्तुक बिद्यार्थीहरु लाई  स्वागत गर्ने बिशेष कार्यक्रम रहेको तामाङ सोसाइटी अफ  एनएसडब्लुका अध्यक्ष सुनधोर्जे तामाङले बताए।
सन २००९ देखी निरन्तर रुपमा तामाङ कला संस्कृति,भाषा र भेषभुषा जोगाउन अनबरत लागि रहेको यो समाजले बिभिन्न समयमा बिबिध सामुदायिक कार्यक्रमहरु गर्दै अाइरहेको छ । आगामी सेप्टेम्बर २९ तारिखका दिन सिड्नीको पर्यटकिय स्थल ओलम्पिक पार्कमा हुने उक्त पिकनिक कार्यक्रमले सिड्नी तथा वरपर बस्दै आउनु भएका तामाङ दाजुभाई/दिदिबहिनिहरु लाई भेट्घाट तथा परिचय गराउनुका साथै आपासी भाईचारा बढाउने कुरा सस्थाका महासचिब श्री अबिरल तामाङले जानकारी दिए । निशुल्क: सहभागिता जनाउने उक्त कार्यक्रममा सहभागीहरु का लागि बिभिन्न मनोरन्जनात्मक कृयाकलापहरु, नाचगान र खेलकुद लगायतका बिबिध प्रस्तुति रहेको पनि  तामाङले बताए।  यस कार्यक्रम सम्बन्धि थप जानकारीका लागि सुन्धोर्जे  तामाङ- ०४३२ ०२३ ८४१‬, अबिरल तामाङ- ०४३५ ७७४ २०४‬, बिशाल तामाङ – ‭०४०२  १९० ६४३‬  लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।