कञ्चनपुरमा तनाव जारी, गोली चल्दा बालकको मृत्यु

कञ्चनपुर–कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा भिम दत्त १८ भगतपुरका १४ बर्षिय शनि खुना रहेका छन् । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको निष्पक्ष अनुसन्धान नगरेको भन्दै उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
घाईते हुनेहरुमा, कविन्द्र विक, इश्वर जोशी, विरेन्द्र नागरी, चेतन भट्ट, डम्बर खत्री, युवराज भट्ट, किशोर धामी, गोरबहादुर रेउले, घनश्याम पन्त, दामोदर खत्री, तुलाराम उपाध्याय, ओमकार जोशी, सत्रुघ्र सुवेदी र सुरेशप्रकाश चटौत रहेका छन् । घाईतेहरु मध्ये मनोज खड्काको दायाँ कन्चडमा गोली लागेको छ भने उमेश देउवाको खुट्टामा गोली लागेको छ ।
सरकारले जिल्लाका सिडिओ तथा एसपीलाई सरुवा गरी उच्चस्तरीय छानविन समिति गठन गरेपनि स्थानीयहरु सन्तुष्ट हुन सकेका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला समन्वय समिति अगाडी टायर बाल्दै नाराबाजी गरेपछि प्रहरीले गोली प्रहार गरेको हो ।
घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
निर्मलाको हत्या प्रकरणको कुरालाई लिएर बैतडीमा पनि बिरोध प्रदर्शन गरेका छन् ।
मेलौली नगरपालिकाका महिलाहरुले दोषीलाई कारवाही हुनुपर्ने माग राख्दै मेलौली बजारमा नारा जुलुस सहित प्रदर्शन गरेका हुन् । मेलौली मन्दिरदेखि शुरु भएको जुलुसमा महिलाहरुले बलात्कारी फासी दिनुपर्ने, महिलामाथि हुने हिंंसा अन्त्य हुनुपर्ने नारा लगाएका थिए । कञ्चनपुरमा भईरहेको आन्दोलनको समर्थन गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग सहित आफूहरुले विरोध प्रदर्शन गरेको महिला सञ्जालका अध्यक्ष रुबी नायकले बताईन् । महिलाहरुले हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरुमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताईन् ।
एक महिनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा भनि मानसिक सन्तुलन गुमाएका भिमदत्तनगरपालिका १९ का दिलिपसिह विष्टलाई भदौ ४ गते प्रहरीले सार्वजनिक गरेको थियो । वास्तविक हत्यारालाई लुकाउन खोजेर मानसिक सन्तुलन गुमाएका विष्टलाई प्रहरीले सार्वजनिक गरेको भन्दै स्थानिय बासिन्दाले भदौ ५ गतेदेखि कञ्चनपुरमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलन चर्किदै गएपछि तीनअघि मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालय तानेको थियो । यसका साथै सरकारले एक उच्चस्तरिय छानबिन टोली समेत कञ्चनपुर पठाएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



