मिश्रको संसदीय सुनुवाई प्रकृया प्रारम्भ

काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाई प्रकृया प्रारम्भ भएको छ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारीस हुनुभएका मिश्र विरुद्व संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गर्ने निर्णय गरेको समितीकी सदस्य पुर्णाकुमारी सुबेदीले जानकारी दिएकी छिन् ।
आईतबार बसेको सुनुवाइ समितिको वैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । समितीकी सदस्य सुवेदीका अनुसार सुनुवाईका लागि १० दिने सूचना जारी गरिएको छ । योसंगै सुनुवाई प्रकृया अघि बढेको हो । अब मिश्र बिरुद्ध जो कोहीले प्रकृया पुरा गरेर उजुरी गर्न सक्ने छ । उजुरीको आधारमा सुनुवाई प्रकृया अघि बढ्छ ।
समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उहाँको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी दिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
यसअघि सिफारिस हुनुभएका वरिष्ठत न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भएपछि मिश्रको नाम सिफारिस गरिएको हो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उहां अनुमोदन हुनुभएको थिएन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...