दशैं रमझम २०१८ हुदै

प्रताप दासलाई प्रिती आले र हर्कुलसले  साथ दिदै 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालीहरुको महानचाड दशैंलाई प्रबासमा पनि रमाइलोको साथ मनाउन असनेपाल इभेन्ट्सले यस स्टडी अष्ट्रेलियाको प्रयोजनमा दशैं रमझम २०१८ को आयोजना गरेको छ। उक्त कार्यक्रममा भाग लिन नेपालबाट नेपाल आईडल – १ का तेश्रा बिजेता र धेरैले मन पराएका उदयीमान गायक प्रताप दास अष्ट्रेलिया आउदै छन्। यसको अलवा अर्की चर्चित गायिका प्रिती आले र हर्कुलसले पनि उक्त महोत्सबमा आफ्नो बेजोड प्रस्तुति दिने आयोजकको तर्फ बाट खगेन्द्र सत्यालले जनाए।  सत्यालका अनुसार सिड्नीमा चर्चित र सबैका रोजाइका डिजे डीजे सुशीलले आफ्टर पार्टीमा सबैलाई झुलाउने छन्।  कार्यक्रम आउदो अक्टोबरका ५ को साँझ ८ बजेपछि सिड्नीको सार्क होटेलमा करिब ५ घण्टा चल्नेछ , त्यसपछि लगतै आफ्टर पार्टीको आयोजना हुनेछ।
उक्त कार्यक्रममा १८ वर्षभन्दा माथिका सहभागिहरु का लागि भएका कारण उपस्थित सबैलाई आफ्नो उमेर देखिने परिचय पत्र लिएर आउन आयोजकले सबैलाई अनुरोध गरेको छ।