बाँध मायाले को प्रिमियर

अष्ट्रेलियाको, सिड्नीमा फिल्म ‘बाँध मायाले’ को प्रिमियर भब्य रुपमा सम्पन्न भएको छ । अगष्ट १८ तारिकमा इभेन्ट सिनेमा वरउड र १९ तारिक इभेन्ट सिनेमा हर्सभिलमा फिल्मको प्रिमियर शो गरिएको थियो । शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । आर्यनसंगै बसेर दर्सकले फिल्म हेरेका थिए । फिल्मका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । बाबा एजुकेसन कन्सल्टेन्सी र द गिल्डफोर्ड एस्प्रेसो क्याफेले प्रदर्शन गरेको फिल्ममा आर के एस अस्ट्रेलिया मार्केटिङ पार्टनर रहेको छ । फिल्म हेरेर निस्केका अधिकांश दर्शकहरुले राम्रो प्रतिक्रिया जनाएका छन् । बाबा एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर अमृत शर्माका अनुसार दुईवटा शो हाउसफूल भएको र अझै शो थपिन सक्ने सम्भावना रहेको छ । अगष्ट २८ मा अमेरिकामा पनि शो आयोजना भएको थियो I रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...