अर्जुन कुमार गजल साँझ

सिड्नी, अस्ट्रेलिया | मुलत अर्जुन कुमार गाएकको रुपमा चिनिएका हुन्, सुरुको समयमा गीत-गाएन मार्फत कलाकारिता क्षेत्रमा आफ्नो उपस्थिति जनाएका अर्जुन पछिल्लो समय सिनेमा निर्माणमा लागि पर्दै आए I गायन क्षेत्र लाई यिनले माया नमारे पनि आफ्नो यो क्षेत्रलाई बिस्तारै भए पनि निरन्तरता दिदै आएका छन् I गायन र चलचित्र निर्माणलाई एकसाथ आगाडी बडाउदै आएका यिनै अर्जुन कुमार पहिलो पटक सिड्नी बसी नेपाली माझ गुन्जिने भएका छन् I बाबा एजुकेसन कन्सल्टेन्सी र डि एम लीगलको प्रायोजनमा सिड्नी मा “अर्जुन कुमार गजल साँझ ” हुने भएको छ I कार्येक्रमलाई आर के एस अष्ट्रेलिया र ग्रीन हिल इन्टरटेनमेन्टले आयोजना गरेको हो I येही सेप्टेम्बर ९ तारिक, बेलुकी ६ बजे बाट रकडेल स्तिथ रेड कैप्सीकममा “अर्जुन कुमार गजल साँझ” आयोजना हुने भएको छ I अर्जुनलाई बाद्यबादनमा र्य्ड्स स्टुडियो ले साथ दिने छ I कार्यक्रममा स्थानिय कलाकारको नृत्य पनि रहने कुरा आयोजकले जानकारी दिएको छ I कार्यक्रमको शुल्क ५० डलर रहेको र साथ साथै डिनरको पनि रहेको छ । नुवाकोटमा जन्मेका अर्जुन नेपाली चलचित्र र सांगीतिक क्षेत्रका लागि परिचित नाम हो I उनको रमाइलो छ यो साझ, थाहा न पाई …जस्ता चर्चित गीतहरुले दर्सक – श्रोताको मन जितेको हो I अर्जुनले, रोजे तिमीलाई, हृदय,प्यासन र क्यलिबर नामक गीति एल्बमहरु नेपाली सांगेतिक क्षेत्रलाई दिईसकेका छन् भने उनि चलचित्र क्षेत्रमा पनि उति नै अब्बल देखिन्छन I उनको संगीत रहेको चलचित्र ” दि युग देखि युग सम्म ” को शिर्ष गीतले निकै चर्चा बटुलेको थियो I चपली हाइट, फिटकिरी , चपली हाइट २ र फाटेको जुत्ता निर्माण गरेका अर्जुनले यी चलचित्रहरु मा पनि आफ्नो सगीत दिएका थिए I
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...