ब्रिसबेनमा वाक फर वेलफेयर सम्पन्न

गैरआवासीय नेपाली संघ अस्ट्रलियाले अस्ट्रेलियाका विभिन्न शहरहरुमा नितान्त: बिध्यार्थी कै लागि समर्पित बिध्यार्थी कल्याणकारी कोष संकलन गर्ने योजना हेतु ‘वाक फर वेलफेयर’ कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा अप्रिल २ मा क्विन्सल्याण्डमा उक्त कार्यक्रम करिब १५० जना जतिको सहभागिता सहित सफलताका साथ सम्पन्न भएको छ । उज्वल भविष्यको परिकल्पना सहित आफ्नो देश देखि टाढा अस्ट्रेलियाको बिदेशी भूमिमा आई उच्च शिक्ष हाँसिल गर्ने क्रममा बिध्यार्थीहरुले कतिपय अवास्थामा विभिन्न किसिमका समस्या सँग जुध्न बाध्य छन् । बिगतका केहि वर्ष यता कतिपय बिध्यार्थीहरु खतरनाक रोगहरु, भबितब्य दुर्घटनाहरु लगायत बिबिध समस्याका शिकार भएका धेरै उदाहरणहरु छन् । त्यसबाहेक अन्य किसिमका संबेदनशील समस्याहरु आई परेको खण्डमा बिध्यार्थीको हितका लागि केहि गर्न सकियोस भन्नका लागि ‘वाक फर वेलफेयर’ कार्यक्रम आयोजना गरिएको हो ।
क्विन्सल्याण्डको ब्रिसबेनमा सम्पन्न उक्त कार्यक्रम न्यु फार्म पार्कबाट शुरु भई ब्रिसबेन नदिको तिरै तिर हुदै ब्रिसबेन शहरको मुटु स्टोरी ब्रिजको द्रिश्यवलोकन गरेर पुन: न्यु फार्म पार्कमा फर्केको थियो । जम्माजम्मी ६ कि मिको पैदल यात्रा गरेका सहभागीहरुका लागि बार्बिक्यु तथा जलपानको व्यवस्था गरिएको उक्त कार्यक्रममा क्विन्सल्याण्डका अग्रजहरु, बुदीजीबीहरु, बिध्यार्थीहरुका साथै अन्य धेरैको सहभागिता रहेको थियो । सहभागिताका लागि एनएसडब्ल्यु र अन्य राज्यबाट पनि गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय समितिका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममाको समापनमा छोटो स्वागत तथा धन्यबाद ज्ञापन कार्यक्रम आयोजना गरिएको थियो जसलाइ एनअरएनए क्विन्सल्याण्डका सचिब सन्तोष कुँवरले संचालन गरेका थिए । एनअरएनए आइसीसीका सदस्य इश्वर कुइकेलले स्वागत मन्तब्य दिएका उक्त कार्यक्रममा एनआरएनए आइसिसीका युबा संयोजक बिजय पोखरेल, एनआरएनए ओसिनियाका संयोजक महेन्द्र कुमार लम्साल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, यस कार्यक्रमका राष्ट्रिय संयोजक समिम अनवर, एनएक्यु का अध्यक्ष मोहन शर्मा काफ्लेका साथै एनअरएनए क्विन्सल्याण्डका भुतपुर्ब संयोजक स्वतन्त्र प्रताप शाहले आ- आफ्नो मन्तब्य राखेका थिए । प्रायजसो सबै बक्ताहरुले यस किसिमको कार्यक्रमले बिधार्थीका लागि हकहित हुने कुरा गर्दै उपस्थित सबैजनामा यस कार्यक्रम बारे आफ्नो चिनजानका अन्य सहयोग गर्न इच्छुकलाई यस कार्यक्रम बारे बुझाइदिन आग्रह गरेका थिए । अन्त्यमा एनअरएनए क्विन्सल्याण्डका सम्योजक अभिमान सिंह बस्नेतले धन्यबाद ज्ञापन गर्दै सहभागी सबैलाई प्रमाणपत्र वितरण सहित कार्यक्रमको समापन गरेका थिए । ब्रिसबेनको वाक फर वेलफेयर कार्यक्रमबाट मात्रै करिब ३०,००० डलर संकलन हुन सक्ने अनुमान बस्नेतले गरेका छन् । अस्ट्रेलियाब्यापी उक्त कार्यक्रमबाट एक लाख डलर संकलन गर्ने लक्ष्य लिइएको यस कार्यक्रम सिड्नीमा सम्पन्न भइ सकेको छ भने अब मेलबर्न, एडेलेड, पार्थ लगयतका शहरहरुमा आउने केहि हप्ता भित्रै सम्पन्न हुनेछ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...