बांगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं– नेपालले बांगलादेशमा जारी साफ च्याम्पियनसिप फूटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । हिजो शनिवार घरेलु टिम बांगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भएको हो । सेमिफाइनलमा नेपालले भारत अथवा माल्दिभ्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालका लागि बांगलादेशसँगको खेल जित्नैपर्ने दबाब थियो । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भने भूटानमाथि शानदार जित हात पारेको थियो । यो खेलअघि नेपाल र पाकिस्तानको समान तीन तीन अंक थियो भने बांगलादेश लगातार दुइ जितबाट प्राप्त ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा थियो ।
शुरुदेखि नै खेल नियन्त्रणमा राखेको नेपालले बांगलादेशविरुद्ध ३३ औं मिनेटमा अग्रता लियो । विमल घर्तीमगरको लेफ्ट फूटर फ्रिकिकलाई रोक्ने क्रममा बांगलादेशका गोलरक्षकले गल्ती गरेपछि बल गोलरक्षकको हातबाट जाली चुम्न पुगेको थियो ।
नेपालले दोस्रो हाफमा पनि दबाब कायमै राख्यो । भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरे । नवयुगलाई विमलको स्थानमा मैदान प्रवेश गरेका विशाल राइले सटिक पास मिलाइदिएका थिए । यो हारसँगै बांगलादेश समूह चरणबाटै बाहिरिएको छ भने समूह उपबिजेताका रुपमा पाकिस्तान सेमिफाइनल प्रवेश गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...