अब पालो मिस एभिएसन क्विन-२०१८ को

काठमाडौं– विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीहरुलाई सहभागि गराएर सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्म्सले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेका हुन् ।
आगामी असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको छ । अडिसनबाट २० जना युवतीहरु छनोट भएको आयोजक संस्थाकी विजया शाहले बताएकी छिन् । अडिसनमा सहभागि २५ जना युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेर निर्णायकको मन जितेका थिए । अडिसनका निर्णायकहरुमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ मेनेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दायमन्ती किराँत, पूजा सिलवाल, हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा डिजे शिशिर रहेका थिए ।
१८ देखि २४ वर्ष उमेर समुहका युवतीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीका अनुसार छनोट भएका युवतीहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छन् । असोजको अन्तिम साता सम्पन्न हुने ग्राण्ड फिनालेमा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनाले नगदसहित एउटा प्रतिष्ठित एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको फोटोसेसन तथा ट्यालेन्ट राउण्ड असोज पहिलो साता भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा गरिने बताइएको छ । अभिनेता एसराज गराच यो प्रतियोगिताका कोरियोग्राफर हुन् ।
त्यसअघि प्रतिस्पर्धि युवतीहरुले वानेश्वरस्थित कम्पिलिट हेल्थ क्लबमा यसै साताको अन्त्यदेखि प्रशिक्षणमा सहभागि हुनेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...