काममा फर्किए वीरेन्द्र केसी

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरीको बलात्कार र हत्याबारे छानबिन गर्न गठित सरकारी टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी पुन: समितिमै फर्किएका छन् । गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकसँगको छलफलपछि टोलीमा फर्किएको उनले बताएका छन् ।
किशोरी हत्याको छानविन गर्न गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका तर्फबाट सदस्य थिए ।
केसीले छानबिन समितिको म्याद थपको विषयमा असहमति र प्रतिवेदनमा सत्यतथ्य ओझेलमा पर्न सक्ने सम्भावना रहेको भन्दै राजीनामा गरेका थिए ।
अहिले भने उनले गृहमन्त्रालय, समितिका संयोजक सहितको छलफलपछि छानबिन कार्यमा पुन संलग्न रही न्यायका लागि योगदान गर्ने कर्तब्यबोध भएको बताएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...