न्यायाधीश जोशीविरुद्ध महाअभियोगको तयारी

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी गरेको छ । महाभियोगका लागि नेकपाले सांसदहरूसँग हस्ताक्षर संकलन गरिरहेको बताइएको छ ।
नेकपाका एक नेताका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन्। यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ । उनलाई राजीनामा दिन दबाब दिइएको छ। राजीनामा दिएर स्वैच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नु नपर्ने उनलाई सुझाव दिइएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश तथा अन्य संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न प्रतिनिधि सभाका कूल सदस्यमध्ये २५ प्रतिशत संख्या आवश्यक पर्छ ।
प्रस्ताव दर्ता हुनसाथ जोशी स्वतः निलम्बित हुनेछन् । महाभियोग प्रस्ताव पारित हुन प्रतिनिधिसभाको दुइतिहाइ बहुमत आवश्यक पर्छ, जुन नेकपा नेतृत्वको सरकारसँग अहिले कायम छ ।
हिजो दिउँसो नेकपा संसदीय दलका सचेतक देव गुरुङले संसद भवनमै आफ्नो दलका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए । संसदमा नपुगेका वा हस्ताक्षर गर्न नपाएका केही सांसदले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर समेत हस्ताक्षर गरेका थिए ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिले दुइतिहाइ बहुमतबाट सो पदमा नियुक्तिका लागि अस्वीकृत गरेको थियो ।
संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि जोशी विदामा बसेका थिए । जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदले जोशीपछिको बरियतामा रहेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको थियो । मिश्र संसदीय सुनुवाईबाट सर्वसम्मत रुपमा अनुमोदित हुँदै प्रधानन्यायाधीश नियुक्त भएपछि उनलाई सर्वोच्च अदालतमा स्वागत गर्न जोशी आफैं पुगेका थिए । त्यसपछि नियमित रुपमा सर्वोच्च अदालत जान थालेका जोशीले मुद्दा पनि हेर्न थाले ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...