नेपाली हेयरस्टाइलिस्ट नील डेविड अब भारतको नयाँ दिल्लीमा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नयाँ दिल्ली– अन्तर्राष्ट्रिय रुपमै परिचित हेयर स्टाइलिस्ट नील डेविड कटवालले शनिवार भारतको राजधानी नया दिल्लीमा आफ्नो नयाँ नील डेविड हेयर एण्ड ब्यूटी सलून उद्घाटन गरेका छन् । दक्षिण दिल्लीको लाजपत नगर–२ मा सञ्चालनमा आएको उक्त सलूनमा नील डेविडले उपस्थित अतिथि, सञ्चारकर्मी तथा प्रसंसकहरुलाई कैंची र रेजरमा आफ्नो हातको पकड तथा कलात्मक शैलीबाट रोमाञ्चक गरिदिएका थिए । उक्त अवसरमा नील डेविडले विशेष रुपबाट तयार पारिएको हेयर स्टाइल सेसनमा नया“ हेयर स्टाइल तथा ड्रेन्डहरुलाई प्रस्तुत गरे । उद्घाटन समारोहमा नील डेविडले प्रस्तुत गरेको विशेष कलाले धेरैलाई अचम्ममा पा¥यो, जहा“ उनले नेपाली अभिनेत्री विपना थापाको केशलाई आकर्षक स्वरुप प्रदान गरेका थिए । नया“ दिल्लीमा नील डेविडको यो दोस्रो सलून हो । यसअघि दिल्लीको ग्रेटर कैलाशमा नीलको पहिलो सलून झण्डै तीन महिनादेखि सञ्चालनमा छ ।
नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अष्टे«लिया तथा लण्डनमा पनि चा“डै नै सञ्चालनमा ल्याइने उनले घोषणा गरिसकेका छन् ।
दिल्लीको मुटुमा नयाँ हेयर एण्ड ब्यूटी सलून उद्घाटन समारोहलाई सम्बोधन गर्दै नील डेविडले भने– ‘यसप्रकारको नयाँ सलून खोल्ने हाम्रो उदेश्य भनेकै कुनै पनि इच्छुक व्यक्तिसम्म सजिलै हाम्रो पहुंच पु¥याउनु तथा उसको लुक बदल्नु नै हो । आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग पु¥याउने हाम्रो मुख्य लक्ष्य हो । हामी परम्परागत शैलीको स्टाइलिङमात्र होइन विज्ञानमा आधारित स्टाइलिङ पनि प्रदान गर्छौं । हाम्रा यसअघिका सलूनहरु जस्तै यो सलून पनि गुणस्तरको दृष्टिकोणले उच्च सेवा प्रदान गर्दै ग्राहकहरुको एउटा ठुलो समुदायलको पहिलो गन्तब्य बन्ने छ भन्ने कुरामा आशावादी छु ।’
नील डेविड हेयर एण्ड ब्यूटी सलून पहिलो पटक सन् २००६ मा काठमाडौंमा सञ्चालनमा आएको थियो । सन् २०२२ सम्ममा यसका आउटलेटहरुको संख्या १ सय सम्म पु¥याइने लक्ष्य छ । नील डेविड अन्तर्रा्ष्ट्रिय स्तरमै सर्टिफाइड हेयर स्टाइलिस्ट तथा मेकअप कलाकार हुन् । दिल्ली, थाइल्याण्ड, सिंगापुर जस्ता देशमा रहेका विभिन्न एकेडेमीहरुमा आफ्नो प्रतिभा निखारिसकेका नील डेविड नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय हेयर स्टाइलिस्टको रुपमा चिनिन्छन् । नील डेविडले क्रिस्टिन ब्लंडेलसंग पनि प्रशिक्षण लिएका छन् जो ओस्कार अवार्ड विजेता हलिउड अभिनेत्री हुन् । उनले टोनी एण्ड गाय (लण्डन) बाट पनि प्रशिक्षण लिएका छन्, जसलाई क्रिएटिभ हेयरस्टाइलिङको प्रीमियर इन्स्टिच्युट मानिन्छ ।
यति मात्र होइन, नील डेविडले कैंची र रेजरमार्फत केश काट्ने कीर्तिमान समेत कायम गरेका छन् । उनले आ“खा बन्द गरेर २५ मिनेटमा ५ वटा हेयर कट गरेका छन् । आजसम्म २ सय भन्दा धेरै हेयर सेमिनार तथा फेसन शोको आयोजना गर्ने अनुभवसंगै नील डेविड आफ्नो पेशागत नैतिकताका लागि पनि प्रसिद्ध छन् । खासगरी फेसन तथा क्रिएटिभ हेयर डिजाइनिङको क्षेत्रमा आफ्ना ग्राहकहरुलाई आफ्नो अनौठो शैलीबाट सन्तुष्ठ पार्न उनी सिपालु छन् । यसका साथै मेकअप तथा केशको स्टाइलिङ नील डेविडको विशेषता रह“दै आएको छ । दिल्लीको उद्घाटन समारोहमा नील डेविडको भनाइ थियो– ‘यो एउटा सफल बिजनेस मोडल हो, जुन हाम्रो मास्टर फ्रान्चाइजबाट सकारात्मक प्रतिक्रियासंग तिब्र गतिमा बिस्तार भैरहेको छ । भारतमा हाम्रो मास्टर फ्रान्चाइजी शिवमाया कम्पनिले लिएको छ ।’ नील डेविडका अनुसार शिवमाया कम्पनिले नै भारतका विभिन्न शहरहरुमा उनको सलूनका आउटलेटहहरु विस्तार गर्ने जिम्मा लिएको छ । नील डेविड र शिवमायाले सन् २०२२ को अन्त्यसम्ममा एक सय आउटलेटको आंकडा पुरा गर्ने लक्ष्य लिएका छन् । यसका साथै भारतकै उत्तर प्रदेशका लागि भेनस ईन्टरनेशनलले मास्टर फ्रेन्चाइजी लिएको नील डेविडले बताएका छन् ।
‘आगामी २ वर्ष भित्रमा भारतमा समेत हाम्रो नील डेविड्स ब्राण्डलाई स्थापित गराउने लक्ष्य लिएका छौं, उद्घाटन समारोहको अन्त्यमा नीलले भने–‘भारतको राजधानी दिल्लीबाट पाएको मायाले हामी थप उत्साति भएका छौं ।’