कांग्रेस संसदीय दलको नेताका लागि २४ गते चुनाव हुने

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ।
कांग्रेस निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनका लागि सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार सोमबार अपरान्ह मतदाता नामावली प्रकाशित गरिएको छ। संसदीय दलको नेताका लागि मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। साढे १२ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ। उम्मेदवारमा कसैको दाबी विरोध भए साढे १ बजेसम्म दर्ता गर्न सकिने छ भने साढे १ बजेपछि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन्। अन्तिम नामावली २ बजे प्रकाशित गरिने छ।
भोटिङ मेसिनको प्रयोग गरी २४ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदान हुने र सोही दिन नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए। ससदीय कार्यसमितिका लागि २६ गते बिहान ९ बजेदेखि १२ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
पूर्व सभापति सुशील कोइरालाको निधनपछि कांग्रेस संसदीय दलको नेता पद रिक्त भएको थियो।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...