कांग्रेस संसदीय दलको नेताका लागि २४ गते चुनाव हुने

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ।
कांग्रेस निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचनका लागि सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार सोमबार अपरान्ह मतदाता नामावली प्रकाशित गरिएको छ। संसदीय दलको नेताका लागि मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ। साढे १२ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ। उम्मेदवारमा कसैको दाबी विरोध भए साढे १ बजेसम्म दर्ता गर्न सकिने छ भने साढे १ बजेपछि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन्। अन्तिम नामावली २ बजे प्रकाशित गरिने छ।
भोटिङ मेसिनको प्रयोग गरी २४ गते बिहान ११ बजेदेखि २ बजेसम्म मतदान हुने र सोही दिन नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए। ससदीय कार्यसमितिका लागि २६ गते बिहान ९ बजेदेखि १२ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
पूर्व सभापति सुशील कोइरालाको निधनपछि कांग्रेस संसदीय दलको नेता पद रिक्त भएको थियो।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...