अलावा पार्कमा तिज महोत्सब सम्पन्न 

पार्कमै शिबलिंग स्थापना गरि महादेवको आराधना 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाली हिन्दु महिलाहरु को महान चाड तिज कै दिन पारेर अष्ट्रेलियाको लोकप्रिय लाहुरी टिभीका आयोजनामा सम्पन्न तिज महोत्सब उल्लासमय रुपमा सम्पन्न भएको छ।  एकातिर नेपालकी आहिलेकी चर्चित नायिका प्रियंका कार्की र गायिका मेलिना राईलगायत स्थानीय कलाकारहरुको धमाकादार प्रस्तुति अर्को तिर महिलाहरुको आस्थाको केन्द्रको रुपमा  नेपालबाट बागमतिको जलले अभिषेक गरी पशुपतिनाथ मन्दिरमा पुजा गरी स्थापना गरिएको महादेवको प्रतिमूर्ती र शिबलिङ्ग को आराधना जसले गर्दा सिड्नीको अलावा पार्क दिन भर जस्तै तिज महोत्सब र पवित्र शिबआराधनाको केन्द्र रहयो।
नेपाली समुदाय मै खुल्ला रुपमा धार्मिक प्रपन्च सहितको यो पहिलो कार्यक्रममा हजारौले सहभागीता जनाए। मोरङको एक विद्यालयको सहयोग पुराउने उदेश्यले गरिएको उक्त कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्था थियो भने नेपाली समुदायका ब्यापारिक संघ संस्थाले कार्यक्रमको प्रयोजन गरेका थिए।  भिजन फर मोटिभेशन (भिएफएम)को व्यवस्थापन, हिन्दु समाज अस्ट्रेलियाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम आज सम्म कै स्तरिय र ब्यबस्थित कार्यक्रम रहेको भिएफएमका तर्फ बाट महेश प्रसाईले बताए।  प्रसाईले युवा/युवतीहरु लाई समेत नेपाली संस्कृति बोकेको यस्तो खालको कार्यक्रममा सहभागिता गराउन सक्नु कार्यक्रम अर्को उपलब्धि रहेको बताए।
(Photo by Suren’s Photography )