राजदुत शेर्पाको औपचारिक एनएसडब्लु भ्रमण सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पाले एनएसडब्लु राज्यको औपचारिक भ्रमण गरेकी छन् । दुइ दिने उक्त औपचारिक भ्रमणमा एनएसडब्लु राज्यको गभर्नर देखि उच्च अहोदाका व्यक्तिहरु संग भेट भएको महामहिमको भेटघाटमा संगै रहेका एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले बताए । गत सेप्टेम्बेर २५ र २६ को भ्रमणको पहिलो दिन राजदुत शेर्पाले एनएसडब्लु राज्य सुप्रिम कोर्टकि एक्टिंग चिफ जस्टिस महामहिम मार्ग्रेट बेज्ली संग उहाँ कै कार्यकक्षमा र त्यसै गरि डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटका सेक्रेटरी टिमोथी रेरडर्न संग औपचारिक भेटबार्ता गरेकी थिइन् । अपरान्ह मिनिस्टर फर मल्टीकल्चरिजम/डिसेबिलिटि सर्भिस महामहिम रे विलिम्स ( एमपी ) का साथै वट्लि क्षेत्रका संसद मार्क कुवोरे संग भेट गरेकी थिइन् ।  यसरि नै सोहि दिन  मल्टि कल्चरल एक्टिंग सिइवो रस हवाके संग सहौद्र भेट एबम दिपक्षीय हित, र समसामयिक बिषयमा बार्ता भएको थियो ।  लगतै पुर्बनिर्धारित एनएसडब्लु लेजिग्लेटिभ एसम्ब्लिकी सभामुख महामहिम शेली हनकुक ( एमपी ) संग भेटमा वट्लि क्षेत्रका संसद मार्क कुवोरे, स्टिभ कम्पेर एमपी रक्डेल, हेलन मिनिकन (क्लर्क  लेजिग्लेटिभ एसम्ब्लि ) र  ब्रिजिड ओब्रेयान (सभामुख कार्यलय) सामुहिक छलफल भएको थियो ।
भ्रमणको दोश्रो दिन अपरान्ह महामहिम राजुदुत र एनएसडब्लु राज्यका गभर्नर डेविड हुर्ले बीच गभर्नर हाउसमा करिब डेढ घण्टा बिबिध बिषयमा औपचारिक भेटबार्ता सम्पन्न भएको थियो । यसरि नै सांसद, सेडो मिनिस्टर फर वेस्टर्न सिड्नी एबं बिपक्षी दलका नेता लुक फोली  (एमपी )  संग समेत औपचारिक भेटबार्ता भएको थियो उक्त भेटमा जोडी म्याकके एमपी एबम सेड़ो मिनिस्टर ट्रान्सपोर्ट/रोड/मर्टाइम) र पोलिसी एड्भाइजर ज्याकी लोयडको पनि सहभागिता थियो ।  यसरी नै राजदुत शेर्पाले एनएसडब्लु बिजिनेस च्याम्बरकी जनरल म्यानेजर पाउला मार्टिन र अन्त्यमा महामहिम जोन अज्का ( सभापति, लेजिग्लेटिभ काउन्सिल एनएसडब्लु ) संग पनि छुट्टा छुट्टै भेट गरि यस पटकको औपचारिक भ्रमण  समापन भएको थियो ।
दुइ दिन सम्म लागातर र भिन्न भिन्न व्यक्ति संगको भेटमा नेपाल र दिपक्षीय हितका बिषयमा बिभिन्न बिषयमा कुरा भएको र निचोडमा आफु यो भ्रमणबाट निक्कै उत्साहित भएको पनि राजदुत शेर्पाले बताईन । नेपालको न्यायिक निकायहरु र अष्ट्रेलियाको न्यायिक निकायहरु संग सम्भव भए सम्म सहकार्य गर्ने, यहाँ रहेका बिधार्थी र समुदायलाई पर्ने बिबिध समस्यालाई कसरि सम्बोधन गर्ने, सामुदायिक अनुदानहरु का लागि बढी भन्दा बढी कसरि नेपालीहरु लाई पनि सहभागिता गराउने, यहाँको बिजिनेस च्याम्बर नेपाली ब्यबसायीहरु लाई पनि सक्रिय सहभागिता गराउने, अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारुको एक जोडीलाई नेपालको चिडियाखानामा सम्म लाग्ने बिषयमा समेत छलफल भएको र सबै पक्ष एकदम सकारात्मक रहेको शेर्पाले बताइन् ।
यिनका अलावा नेपालको कुनै एउटा स्टेट र एनएसडब्लु बीच सिस्टर स्टेटको रुपमा सम्बन्ध स्थापित गर्ने आफुले राखेको प्रस्ताबमा अष्ट्रेलियन पक्षबाट देखाइएको उत्सुकताले आफुलाई उत्साहित बनाएको पनि महामहिम राजदुतले बताईन । यसै गरि नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसर परेर २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने बिषयमा पनि सम्बन्धित पक्षसंग छलफल गरेको राजदूत शेर्पाले बताईन।
भ्रमण दलको सदस्यको रुपमा संगै रहेका एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले भ्रमणको क्रममा अष्ट्रेलियन अधिकारिहरु र राजनीतिज्ञहरु ले देखाएको उच्च सम्मान र मैत्रीपूर्ण ब्यबाहारले आफु एकदम गौरबान्बित भएको बताए।
(फोटो- राजदुत शेर्पाको फेसबुक पेजबाट )