बीच सकर प्रतियोगितामा नेपाली टोलिको उत्साह जनक सहभागिता 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
एनएसडब्लु पुलिसको आयोजनामा सम्बन्धित देशका कन्सुलेट अफिसहरु संगको सहकार्यमा एक दिने मैत्रीपूर्ण अन्तराष्ट्रिय बिधार्थी बिच सकर प्रतियोगितामा नेपाली बिधार्थीहरुले पनि स उत्साह जनक सहभागिता जनाएका छन् । एनएसडब्लु पुलिसले अन्तराष्ट्रिय बिधार्थीहरु सँग एक किसिमको समुधर सम्बन्ध स्थापना गर्नका लागि बर्षेनी यस्तो कार्यक्रम गर्ने गर्दछ। एनएसडब्लु पुलिसका अनुसार यस पटकको खेलमा ६० देशका बिधार्थीहरु र २४  टिमको सहभागिता थियो।
नेपाली बिद्यार्थीको टिमले उत्साजनक रुपमा साउथ कोरियाको टिमलाई ५-१ को अन्तरले जितेको थियो भने अन्य खेलहरु मा पनि उत्कृष्ट पर्दर्शन गरेको थियो। अनुप उप्रेतीको नेतृत्वमा सहभागिता जनाएको नेपाली बिधार्थीहरु को टिमलाई प्रतियोगितामा सहभागी हुने चाँजो पाँजो  भिजन फर मोटिभेसनको तर्फबाट महेश प्रसाई र एनएसडब्लु महाबाणिज्यदुत दिपक खड्काले गर्नु भएको थियो।
(Photo: VFM facebook page)