रुपन्देही सोसियल नेटवर्कको सांगितिक साँझ सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
बिभिन्न समय बिबिध परोपकारी कार्यहरुमा सक्रिय  रहदै आएको रुपन्देही सोसियल नेटवर्कले  पूर्ण परोपकारिताको उदेश्य सहित हालै एक  सांगितिक साँझ सम्पन्न गरेको छ । पहिलो नेपाल आइडलका फर्स्ट रनर अप निशान भट्टराई र अर्की चर्चित गायिका मिलन आमात्यको  उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अथिति गायक/गायिकालाई नीय गायकहरु समिर आचार्य ,रमन रेग्मी र रिना अधिकारीले पनि साथ दिएका थिए। बिभिन्न विधाका गित संगीतलाई एकै मंचमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा सहभागीहरु ले भरपुर आनन्द लिएका थिए ।
कार्यक्रम एकदामै सफल रहेको, सबैको सहयोगले मात्र यो परोपकारी अभियान सहितको कार्यक्रम सफल भएको भन्दै संस्थाका अध्यक्ष कृष्ण गैरेले  सबैलाई धन्यबाद दिए।  गैरका अनुसार कार्यक्रमबाट बचत रकम संस्थाले बिगतमा नेपालमा गर्दै आइरहेको परोपकारी कार्यहरुमा खर्च गरिनेछ।