नवाजको वार्षिक साधारण सभा सम्पन्न

-- The NTA / प्रकाशित मिति : मङ्लबार, चैत्र २३, २०७२
IMG_0136
नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको (नवाज) वार्षिक साधरण सभा गत अप्रिल ३ का दिन सिड्नीको अबर्नमा सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि  बिनोद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति पनि सर्वसम्मतबाट चयन गरेको छ ।  संस्थाका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष- अरुण तामाङ, उपाध्यक्षहरु- सञ्जु रोक्का, र तोयानाथ(टिएन) अर्याल, सचिव- मंजीत घिमिरे, सहसचिव- नविन सिंह, कोषाध्यक्ष- प्रताप पन्थी, पब्लिक रिलेसन अफिसर- कृष्ण तिवारी, स्पोर्ट संयोजक-सन्तोष शर्मा, इभेन्ट संयोजक- समिर आचार्य, महिला संयोजक- रुपा अधिकारी, युवा संयोजक- दिपेन्द्र चौधरी, आइटी संयोजक- लक्ष्मण बेलवासे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष बराल, विष्णु शर्मा, संजय श्रेष्ठ, रसिक श्रेष्ठ, दिपेन्द्र केसी, हेमन्त घिमिरे, तारा आचार्य, र विपिन थापा रहेका छन् ।
सोहि दिन नयाँ कार्यसमितिले ६ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा जनबन्धु भट्टराई, बद्री अर्याल, इमेश शाह, विजेन्द्र विष्ट, उज्वल दाहाल र विश्व प्रधान रहेका छन् भने संस्थाको संरक्षकमा  निवर्तमान अध्यक्ष संजीव शर्मालाई चयन गरिएको छ ।
पदभार ग्रहण गर्दै नवनिर्वचित अध्यक्ष बिनोद शर्माले  आफ्नोे कार्यकालमा समुदायका सबै संघ संस्था र साथीहरुलाई समेट्दै सबैको सल्लाहा सुझाब ग्रहण गर्दै अगाडी बढ्ने बताउदै जुन कार्यको लागि नयाँ कार्यसमिति र  सबै शुभचिन्तकहरुबाट सहयोग र सरसल्ल्हाको अपेक्षा गरेको बताए । त्यस्तै बरिष्ठ उपाध्यक्ष अरुण तामाङले आउँदो दिनमा नवाजले फुटबल लगायत समुदायलाई हित हुने कार्यक्रममा लक्षित हुने बताए । निवर्तमान अध्यक्ष संजीव शर्माले समुदायको हितको लागि नवाज सधैं हातेमालो गरेर अगाडी बढ्न तयार रहेने र आफ्नो सधै सहयोग र साथ रहने बताए ।  साधारण सभामा निवर्तमान सचिव प्रकाश पन्थीले नवाजको नयाँ संशोधित विधानका बारेमा उपस्थित सदस्यहरुलाई  जानकारी गराउनुका साथै वार्षिक प्रतिवेदन पढेर सुनाएका थिए भने उक्त सोसंशोधित विधान र वार्षिक प्रतिवेदन बहुमतद्धारा पारित भएको थियो ।
कार्यक्रममा नवाजका संस्थापक बद्री अर्याल, जनबन्धु भट्टराई, संचारकर्मी मनऋषि  धिताल लगायतले आ– आफ्नो मन्तव्य राखेका थिए । नवाज सम्बन्धि थप जानकारीका लागि संस्थाको वेवसाइट www.naws.org.au  मार्फत प्राप्त गर्न सकिनेछ ।