निरौलाको ‘लौ फेरी आयो तिहार’ सार्बजनिक

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अस्ट्रेलियालाई कर्मभूमि रोजेका प्राज्ञिक क्षेत्रमा व्यस्त डा. राम कृष्ण निरौलाले आफ्नो संगित साधनाको अर्को उपहार लिएर आएका छन्।  जब चाड-बाड निजिकिन्छ घर देखि पर पुगेकाहरु लाई घर को सम्झनाले सताऊँछ, परिस्थितिबस कति लाई चाड पर्ब परिवार संगै मनाउने संयोग जुर्दैन तै पनि मन भने घर परिवार संगै हुन्छ। चाडपर्बको सेरोफेरोमा ठ्याक्कै उतैको शब्द र सम्झानाहरु टपक्क टिपेर डा निरौलाले  तिहार गीत “लौ फेरी आयो तिहार”  म्युजिक भिडियो सहित हालै सार्बजनिक गरेका छन्।
आफ्नो कर्मथलो मै छायंकन गरिएको यस गीतको स्वर र संगीत डा निरौला कै हो भने मिठासपूर्ण यी शब्दहरु रेणुका देवी निरौलाका हुन्, त्यसै गरि  देवेन्द्र नेवाको एरेन्ज, आरसी थापाको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो।  अष्ट्रेलियामा नै बसोबास गर्ने ठुलो संख्याका सहृदयीहरु को सामुहिक अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा नेपाल कै झल्को आउने बिबिध दृश्यहरु देख्न सकिन्छ।
परदेश, ब्यस्तता, देशको सम्झना अत्त्यार, सबै लाई मुटुको कुनामा राखी , पुरानो कुरालाई नयाँ प्रबिधीमा म्युजिक भिडियो आफु र आफ्नो टिमले सबैको सामु ल्याएको डा निरौलाले बताए, देश विदेशमा रहेका सबैले एक पटक यो म्युजिक भिडियो हेरेर सल्लाह सुझाब र प्रतिकृया दिन पनि गयक निरौलाले सबैलाई अनुरोध गरेका छन्।  गीतको म्युजिक भिडियोलाई निजम केसी फिल्मको ब्यानरमा गाम शहर युटुव च्यानलबाट रिलिज गरिएको छ । यस अगाडी ‘काजिको घोडा’  नामक एतिहासिक गीतलाई सरल र सहज प्रस्तुति सहित ल्याएका निरौलाको उक्त गीत धेरैले मन पराएका थिए।