देउवा र पौडेलले दिए उम्मेदवारी

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आज मंगलवार संसदीय दलको विधान टुंगो लागेर उम्मेदवारी दिने समय प्रारम्भ भएपछि सभापति देउवा र त्यस लगत्तै वरिष्ठ नेता पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् ।
देउवाको प्रस्तावकमा कांग्रेस नेता फर्मुलाह मन्सुर तथा समर्थकमा सांसद पद्मनारायण चौधरी छन् । देउवाले संसदीय दलको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ नेता पौडेलले पनि संसदीय दलको कार्यालय सिंहदरवारमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा पूर्व महामन्त्री प्रकाशमान सिंह तथा समर्थकमा महामन्त्री शशांक कोइराला रहेका छन् ।
निर्वाचन समितिले दलको नेताको मनोनयन दर्ताका लागि बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने कार्यक्रम छ भने त्यसपछि उम्मेदवारीविरुद्ध दावी—विरोधको समय छ । पुन: दोस्रो पटक उम्मेदवारको नामावली प्रकाशन गरिने पनि निर्वाचन समितिले कार्यक्रम निर्धारण गरेको छ । मंगवलबार दिउँसो नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको कार्यतालिकामा छ । बुधवार बिहान ११ बजेदेखि संसदीय दलको नेताका लागि निर्वाचन हुनेछ । संसदीय कार्यसमितिको निर्वाचन भने शुक्रवार हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...