देउवा र पौडेलले दिए उम्मेदवारी

काठमाडौं— नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आज मंगलवार संसदीय दलको विधान टुंगो लागेर उम्मेदवारी दिने समय प्रारम्भ भएपछि सभापति देउवा र त्यस लगत्तै वरिष्ठ नेता पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् ।
देउवाको प्रस्तावकमा कांग्रेस नेता फर्मुलाह मन्सुर तथा समर्थकमा सांसद पद्मनारायण चौधरी छन् । देउवाले संसदीय दलको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । वरिष्ठ नेता पौडेलले पनि संसदीय दलको कार्यालय सिंहदरवारमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा पूर्व महामन्त्री प्रकाशमान सिंह तथा समर्थकमा महामन्त्री शशांक कोइराला रहेका छन् ।
निर्वाचन समितिले दलको नेताको मनोनयन दर्ताका लागि बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने कार्यक्रम छ भने त्यसपछि उम्मेदवारीविरुद्ध दावी—विरोधको समय छ । पुन: दोस्रो पटक उम्मेदवारको नामावली प्रकाशन गरिने पनि निर्वाचन समितिले कार्यक्रम निर्धारण गरेको छ । मंगवलबार दिउँसो नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको कार्यतालिकामा छ । बुधवार बिहान ११ बजेदेखि संसदीय दलको नेताका लागि निर्वाचन हुनेछ । संसदीय कार्यसमितिको निर्वाचन भने शुक्रवार हुनेछ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...