पोखरा समाज सिड्नीकोअधिवेशन सम्पन्न 

राजु अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालको सुन्दर नगरी पोखराबाट अष्ट्रेलिया सिड्नी आई बिभिन्न पेशा ब्यबसाय आध्यान र अध्यापनमा संग्लग्न पोखरेलीहरुको साझा संस्था पोखरा समाज  सिड्नी अष्टेलियाको हालै सिड्नीमा बार्षिक साधरणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सर्बसम्मत राजु अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
जस अनुसार संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिवमा दिपक पहारी, सचिवमा अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, समित के.सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल केसी, सन्तोष अधिकारी, प्रकाश लामीछाने, अजय थापा, विष्णु पौडल र सुमन के.सी चयन भएका छन् ।
२०१० मा स्थापना भएको समाजले त्यस यता सिड्नीको नेपाली समुदाय र नेपाल सम्म बिभिन्न परोपकारी एबम सामाजिक र खेलकुद क्षेत्रमा अनुकरणिय कार्यहरु गर्दै आइरहेको छ। सबै पोखरेली दाजुभाई दिदिबैनीहरु ले आफु लाई दिएको यो जिम्मेवारीले आफुलाई झन् संस्था प्रति जिम्मेवार महसुश भएको र आफ्नो कार्यकालमा सबै संग हातेमालो गर्दै सामाजिक, परोपकारिता र युवा जागरणका लागि अगाडी बढ्ने पनि नबनिर्बाचित अध्यक्ष राजु अधिकारीले बताए।