प्रधानमन्त्रीको स्वास्थमा उल्लेख्य सुधार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण हिजो सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन् । आज मंगलवार बिहान अस्पतालले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको र रिपोर्ट पनि सकारात्मक रहेको अस्पतालले जनाएको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमीले भन्नु भयो (‘उहाँको अवस्थामा उल्लेख्य सुधार आएको छ । ब्रेकफास्ट खानुभयो, दाह्री काटेर चट्ट पर्नुभएको छ । यस्तै सुधार भए केही दिनमा हामी उहाँलाई बालुवाटार फर्काउँछौँ ।’
प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।
अस्पतालमा पार्टीका नेता तथा कार्यकर्ताको घुइँचो लागेको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत मंगलबार बिहान अस्पताल पुगेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...