प्रधानमन्त्रीको स्वास्थमा उल्लेख्य सुधार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण हिजो सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका हुन् । आज मंगलवार बिहान अस्पतालले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको र रिपोर्ट पनि सकारात्मक रहेको अस्पतालले जनाएको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर अरुण सायमीले भन्नु भयो (‘उहाँको अवस्थामा उल्लेख्य सुधार आएको छ । ब्रेकफास्ट खानुभयो, दाह्री काटेर चट्ट पर्नुभएको छ । यस्तै सुधार भए केही दिनमा हामी उहाँलाई बालुवाटार फर्काउँछौँ ।’
प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।
अस्पतालमा पार्टीका नेता तथा कार्यकर्ताको घुइँचो लागेको थियो । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत मंगलबार बिहान अस्पताल पुगेका थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...