गुजरातमा विश्वकै अग्लो प्रतिमाको अनावरण

नयाँदिल्ली- भारतको गुजरातमा विश्वकै सबैभन्दा अग्लो प्रतिमा अनावरण गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार स्वतन्त्रता सेनानी सरदार बल्लभ भाइ पटेलको ६ सय फिट अग्लो मूर्ति अनावरण गरेका हुन् ।
उक्त मूर्तिको निर्माण लागत २९ अर्ब नौ करोड भारतीय रुपैयाँ छ। अंग्रेजविरुद्धको स्वतन्त्रता आन्दोलनका एक मुख्य हस्ती पटेलको सम्मानका रूपमा उक्त मूर्ति निर्माण गरिएको भारत सरकारको दाबी छ । प्रधानमन्त्री मोदीले त्यसलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिएका छन् । स्थानीय बासिन्दाले भने एक मूर्ति बनाउन गरिएको खर्चलाई ‘पैसाको बर्बादी’ संज्ञा दिएका छन् ।
मूर्ति अनावरण गर्दै प्रधानमन्त्री मोदीले यसलाई भारतको अखण्डता र संकल्पको प्रतीक भएको बताए । अनावरण अगाडि वायु सेनाका जहाजहरूले फूलको वर्षा गरेर सरदार बल्लभभाइ पटेलप्रति सम्मान अर्पण गरेका थिए ।
उक्त मूर्ति भारतीय मूर्तिकार राम एस सुतारले निर्माण गरेका हुन् । गुजरातको मुख्यमन्त्री छँदा प्रधानमन्त्री मोदीले सन् २०१० मै उक्त मूर्ति निर्माण गर्ने घोषणा गरेका थिए ।
सरदार पटेलको मूर्ति न्युयोर्कको ‘स्ट्याचु अफ लिबर्टी’भन्दा करिब दोब्बर अग्लो छ । हालसम्म चीनको टेम्पल बुद्ध संसारको सबैभन्दा अग्लो प्रतिमा थियो । सरदार पटेलको मूर्ति त्यसभन्दा ५४ मिटर अग्लो छ । तर, यसले लामो समय संसारको अग्लो प्रतिमाको पहिचान कायम राख्न सक्ने छैन । किनकि, भारतकै महाराष्ट्रमा मराठा राजा स्वर्गीय शिवाजीको १ सय ९० मिटर अग्लो प्रतिमा निर्माणाधीन छ ।
सरदार पटेल स्वतन्त्र भारतका पहिलो गृह मन्त्री थिए । उनलाई भारतमा ‘आइरन म्यान अफ इन्डिया’का रूपमा पनि चिन्ने गरिएको छ । अंग्रेजबाट स्वतन्त्रता पाएपछि उनले विद्रोही राज्यहरूलाई एकताको सूत्रमा बाँध्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
बिबिसी
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



