अस्पतालबाटै प्रधानमन्त्रीको यस्तो आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अस्पतालको शय्याबाट आफू छिट्टै सामान्य जीवनमा फर्किने बताउनु भएको छ । मंगलबार अपरान्ह अपिल जारी गर्दै ओलीले भन्नु भएको छ- ‘चिकित्सकहरूले दिएको जानकारीअनुसार म छिट्टै अस्पतालबाट फर्किनेछु र समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’
प्रधानमन्त्री ओलीले १२ कात्तिकदेखि मौसमी रुघाखोकी र त्यसबाट हुन सक्ने संक्रमण रोकथामका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेको अपिलमा उल्लेख गर्नु भएको छ । आफ्नो स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा भएको अनर्गल प्रचारप्रति गुनासो समेत गर्नु भएको छ ।
अपिलमा प्रधानमन्त्रीले सामाजिक सद्भाव खलबल्याउने प्रयास नगर्न पनि आग्रह गर्नु भएको छ । ुधर्म, संस्कृति होस् या दलीय सद्भावका नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुँदैन,प्रधानमन्त्री ओलीले अपिलमा भन्नु भएको छ-‘शान्ति सुव्यवस्था भंग गर्ने यस्ता आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिन्छ, विकासको मार्ग भत्किन्छ ।’
प्रधानमन्त्रीको उक्त भनाइ मंगलबार सर्लाहीमा कांग्रेस र नेकपा कार्यकर्ताबीच भएको झडपप्रति लक्षित देखिएको छ। यस्तै, दशैंको समयमा कपिलवस्तुको कृष्णनगरमा दुर्गा विसर्जनका क्रममा भएको विवाद र झडपतिर पनि प्रधानमन्त्रीको अपिल केन्द्रित देखिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...