प्रधानमन्त्री स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं- स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि त्रिवि शिक्षण अस्पतालमा गत सोमबार भर्ना भएका ओली शुक्रबार साँझ सात बजे डिस्चार्ज हुनु भएको हो ।
डिस्चार्जपछि आरामका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटार ने रहनु भएको छ । केही सार्वजनिक गरिएका तस्वीरमा ओली दुब्लो देखिनु भएको छ । झण्डै एक हप्ता विरामी परेका ओली अलि थकित र गलेका जस्तो देखिनु हून्छ । मिर्गौलाका रोगी ओली महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएपछि अस्पतालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले दैनिक दुईपटक हेल्थ अपडेट गराउँदै आएको थियो ।
प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षणका प्रतिवेदन अध्ययनपछि स्थिति सामान्य देखिएको पाइएको थियो।
सेण्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो ।
प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा। दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली खटिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...