छठको उल्लास प्रारम्भ

काठमाडौं– हिजो आइतबारदेखि प्रारम्भ भएको छठ पर्वको आज सोमबार दोस्रो दिन निराहार व्रत बसेर व्रतालुहरूले खरना मनाइरहेका छन् । कात्तिक शुक्ल तृतीया (आइतवार) व्रतालुहरूले ‘नहाखाएके’ मनाएका थिए । दिनभर मुखमा एक थोपा पानी पनि नहाली व्रतालुहरू गोवर्द्धन पूजाका दिन बनाएको माटोको चुलो सोमवार दिउँसो घरमा भित्र्याउँछन् । त्यही चुलोमा साँझ छठीमाईलाई खरनाको नेओज चढाइन्छ ।
छठको सबैभन्दा महत्वपूर्ण विधि मानिन्छ, खरनालाई । सरिहन (मंसिरा) वा साठी (कालो प्रजातिका) धानको नउसिनेको चामलमा दूध र सख्खर मिसाएर पकाइने खीर, चामलकै पिठोको रोटी र मूला केराको पातमा छठीमाईलाई चढाइन्छ, जसलाई खरना भनिन्छ । परिवारका सबैले खरना गरिएको ठाउँमा गुइँठा वा आँपको दाउराको आगोमा साकल (धूप हाल्ने काम) गरिन्छ । त्यसपछि खरना सम्पन्न हुन्छ । खरनामा चढाइएको प्रसाद छठ व्रत नगर्ने आफन्त तथा छिमेकीहरूलाई बाँडिन्छ । मंगलवार सँझियाघाटका लागि निराहार व्रत बस्ने चलन छ ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।
मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । छठको महत्व पछिल्ला दिनमा बढ्दै गइरहेका कारण यो राष्ट्रिय पर्व जस्तै भइसकेको वीरगन्जका सँस्कृतबिद् डा।बिश्वम्भर शर्मा बताउँछन् । यो बर्षको छठ आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्ध दिइ समापन गरिनेछ ।
छठका अवसरमा वीरगन्जमा अति आवश्कीय समानहरुको कारोबारमा पनि बाढोत्तरी आएको छ । वीरगन्जको घडिअर्वा पोखरी लगायतका छटियाघाटहरु दुलही झैं सिघारिएको छ । घडिअर्वा पोखरीमा यस पटकबाट सिसी क्यामरा समेत जडान गरिने भएको छ । वीरगन्जको घडिअर्वा पोखरीमा मात्रै छठका दिनमा दुई लाख श्रद्धालुहरु आउने घडिअर्वा छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



