ईयु राजदुतसंग आधा घण्टा बयान, अब भारतीय राजदुतको पालो

-- ?>

भारत–इयु संयुक्त विज्ञप्तिबारे उपप्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि युरोपियन युनियन (इयु) का राजदूत रिन्छे टेरिन्कबीच छलफल भएको छ।

जवाफमा इयु राजदूत टेरिन्कले विज्ञप्तिको भाषा हेरेर आफू पनि आश्चर्यमा परेको बताएकी थिइन्। ‘विज्ञप्तिमा छिमेकी मुलुकहरुको नाम पर्छ। नेपाल पहिलो पटक यसरी परेको पनि होइन। हाम्रो मनसाय मन दुःखाउने होइन तर भाषा कसरी त्यस्तो पर्‍यो म आफैँ आश्चर्य चकित छु’, उनको जवाफ थियो। विज्ञप्तिको विषयलाई लिएर भारतीय राजदूतसँग पनि सोधपुछ गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको स्रोतले बतायो।
संविधान सभाले जारी गरेको संविधानलाई इयुले स्वागत गरेको थियो। भारत–संयुक्त विज्ञप्तिमा भने नेपालको संविधान अपूर्ण भएको भन्दै त्यसलाई समावेशी बनाउन दुई पक्ष मिलेर काम गर्ने उल्लेख भएको थियो। नेपाल सरकारले सो विषयप्रति आपत्ति जनाएपछि परराष्ट्रमन्त्री थापा र इयु राजदूतबीच छलफल भएको हो। करिब आधा घन्टा भएको भेटको अधिकांश समय राजदूत टेरिन्कले प्रस्ट्याएकी थिइन्।

भेटमा परराष्ट्रमन्त्री कमल थापाले संविधानबारे इयुको धारणा फेरिएको हो? भनेर प्रश्न गरेपछि उनले दोहोर्‍याइ तेहेराइ इयुले नेपालीको मन दुःखाउन नचाहेको प्रस्टिकरण दिएकी थिइन्।

‘संविधानप्रति हाम्रो समर्थन यथावत छ। हामीले नेपालीको मन दुःखाउन चाहेको होइन’, परराष्ट्रमन्त्रीलाई आश्वस्त पार्दै राजदूतले भनेकी थिइन्।भेटमा पुनःनिर्माणका विषयमा पनि छलफल भएको स्रोतले जानकारी दियो। पुनःनिर्माण सहित पछिल्लो पञ्च वर्षीय योजनाका लागि इयुले ३६० मिलियन युरो नेपाललाई सहयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।