सिड्नीमा धुलोयुक्त हुरी, जनजीवन प्रभावित

सिड्नी– धुलोयुक्त हुरीले सिड्नीको जनजीवन बिहिबार बिहानै देखि प्रभावित बनेको छ । अष्ट्रेलियाको राजधानी क्यानवेरा क्षेत्रमा पनि सामान्य हुरी चलेको बताईएको छ । सिड्नी आसपास क्षेत्रमा बिहानै देखि तीब्र गतिको हुरीमा मानवीय स्वास्थ्यलाई प्रभाव पार्ने किसिमको कणहरु भएकाले घर बाहिर धेरै समय नबिताउन न्यू साउथ बेल्स राज्य सरकारले सार्वजनिक आब्हान गरेको छ । सरकारी टेलिभिजन एविसीका अनुसार, सन् २००९ पछि यस्तो धुलोयुक्त हुरी चलेको हो ।
आकाशमा विषालु कणयुक्त बादल मडारिएका कारण सिड्नीबाट आन्तरिक तथा बाह्य उडान प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार, शुक्रबार बिहानसम्म यस्तै हुरी चल्न सक्ने अवस्था छ । धुलोयुक्त हुरीका कारण सिड्नीको मूख्य पर्यटकीय गन्तव्य ओपेरा हाउस, बोन्डी ब्रीज, सिड्नी हार्वर ब्रिज लगायत क्षेत्र पर्यटकको चाप कम भएको छ । ति स्थानमा भिजिबिलिटी कम भएको छ । दक्षिण अष्ट्रेलियाबाट आएको न्यून चापीय चिसो हावाको प्रभावका कारण हुरी चलेको बताईएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...