निर्मताको परिवारप्रति डा केसीको ऐक्यवद्धता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– निर्मला पन्तको न्यायको खोजीमा उनको परिवारले सुरु गरेको अनिश्चितकालिन धर्नाप्रति डा.गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।
हिजो मंगलवार कञ्चनपुर पुगेका डा.केसीले धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार पुगेर ऐक्यबद्धता जनाएका हुन् । गत कार्तिक २५ गतेदेखि छोरीको न्यायको खोजीमा निर्मलाको परिवार अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेको छ ।

डा.केसीले राजधानीबाट सोमवार मात्रै सरकारले अगामी पुस २ गते भित्र निर्मलाका हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको बरिष्ठ प्राध्यापक डा केसीले निर्मलाको न्यायलाई पनि मुख्य मुद्दा बनाएका छन् ।

घटना घटेको चार महिना भै सक्दा पनि न्याय नपाउँदा निर्मलाका बुवा यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि काठमाडौं लगिएको छ । उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।