छक्का पञ्जा–को कीर्तिमान

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

प्रदर्शनको चौथो सातामा प्रवेश गरेको फिल्म छक्का पञ्जा–३ सर्वाधिक व्यवसाय गर्न सफल नेपाली फिल्म बनेको छ । यसअघि छक्का पञ्जाले गरेको सर्वाधिक १५ करोड रुपैयाँको रेकर्डलाई छक्का पञ्जा–३ ले दुई साताकै अवधिमा तोडेको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताएका छन् । घटस्थापनाको दिनदेखि प्रदर्शन प्रारम्भ भएको उक्त फिल्म आजको मितिसम्म पनि देशका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ, जहाँ दर्शकको भिँड अझै उस्तै छ । दीपाश्री निरौलाद्वारा निर्देशित यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ आदि कलाकार मुख्य भूमिकामा छन् ।